कनकाई ।  झापाको कनकाई नगरपालिकामा  तिन दिवसीय सामुदायिक कुकुर बन्ध्याकरण  शिविर सुरु भएको छ ।

विगतका वर्षमा आयोजना भएको शिविर जस्तै यस वर्षको शिविर आज (शनिबार) बाट सुरु भएको हो।  शिविरमा ४ जना डाक्टरसहित १६ जनाको टिम खटिएको छ ।

तीन दिनसम्म सञ्चालन हुने शिविरमा नगरपालिका क्षेत्रभित्रका सबै वडाबाट सामुदायिक कुकुर समातेर ल्याउने र बन्ध्याकरणसँगै रेबिज विरुद्धको भ्याक्सिन तथा आवश्यकता अनुसार अन्य औषधी उपचार गरेर छोडिने पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख तेजबहादुर पौडेलले जानकारी दिए ।

नेपाल एग्री लाईभस्टक ट्रेनिङ एन्ड रिसर्च सेन्टर इटहरी , सुनसरीको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा यो पटक २ सय भन्दा बढी कुकुरको बन्ध्याकरण गरिने  कनकाईका भेटनरी अधिकृत कुलबहादुर गुरुङले बताए।