बिर्तामोड । देव बाँस्कोटा, झापाको बिर्तामोड १ स्थित हनुमान मन्दिरले आफ्नो पाँचौँ साधारण सभा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न गरेको छ । जसमा अध्यक्ष नविन सापकोटा, उपाध्यक्ष तुलसीराम खरेल, सचिव गीता खरेल पकुवाल र कोषाध्यक्ष निलम घिमिरे ओझा सहित ९ जनाको सर्वसम्मत चयन गरिएको थियो । 

कोशी प्रदेशका सासद एवं पूर्वमन्त्री दिपक कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा अध्यक्ष मात्रिका कडरियाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

वि.सं २०६५ साल माघ १ गते समाजमा आध्यात्मिक जागरण स्थापना हेतु मन्दिरको निर्माण गरिएको थियो ।

bhjguygकार्यक्रममा बोल्दै सांसद कार्कीले हिन्दुधर्म माथी हमला हुँदा पनि सरकारका मन्त्रीहरुनै विवादास्पद टिप्पणी गर्नु दुःख लाग्दो कुरा रहेको बताउनु भयो ।

उहाँले पशुपति विकास कोषमा  क्रिश्चियन महिला नियुक्त गर्नु आपतिजनक र धर्ममाथिको ठाडो प्रहार भएको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले समाजमा धर्मले सहिष्णुता स्थापित गर्ने भएकाले सबैको अस्तित्वलाई स्विकार गर्नुपर्ने बताउनुभयो । 

हनुमान मन्दिरले हनुमान जयन्तीको अवसर पारेर गुरु प्रकाशचन्द्र रिजाललाई सम्मान गरेको थियो ।

त्यस्तै २०८० सालको हनुमान जयन्ती अबसरमा १२ घण्टे अखण्ड किर्तन गर्दै हनुमान मन्दिर सामाजिक सद्भावमा जुटेको नव निर्वाचित उपाध्यक्ष तुलसीराम खरेलले जानकारी दिनुभयो ।