मेचीनगर । मेचीनगर नगरपालिका वडा नं ९ को फारम टोलको बगरमा निकै कष्टकर जीवन विताईरहेका अजित किसानको परिवारको लागि मेचीमहाकाली बुहारी संयुक्त आवाज भगवान बनेको छ । 

अर्काको शरणमा बसेर जसो तसो बनी बुतो गर्दै जीवन यापन गरिरहेका अजित किसानकी जहान सुत्केरी भएको १० दिन जति भएको छ ।

662a0d8c-0d1f-4252-a964-170b60584ebbपैसाको अभावले गर्दा, अत्यन्तै न्युन आर्थिक अवस्था भएकी रिता किसान लाई बिहान बेलुका हात मुख जोड्न पनि समस्या परिरहेको बेलामा राम्रो र पोसिलो खाना खान पाउनु उनको लागि सपना जस्तै  भएको थियो ।  

श्रीमानले दिनभर काम गरेको पैसाले आफु भोकै बसेर छोराछोरीको पेट सम्म भर्न पुग्दैन आँखा भरी आँशु पार्दै उनी बताउछिन् ।  

 सुत्केरी अवस्थाबाट निस्कन पाए केही गर्ने थिए । यस कष्टपुर्ण अवस्थाबाट सबैले मलाई सहयोग गरिदिए आभारी हुने उहाँ बताउनुहुन्छ


6f5fb143-f517-40ea-8fc9-13747fb8ff9aसुत्केरी बेला पोसीलो खानेकुरा र भिटामिन खाने उहाँको लागि एकादेशको कथा जस्तै बनेको छ ।

उहाँको यो दुखद अवस्थालाई मध्यनजर गदै मेचीमहाकाली बुहारी संयुत्त आवाजले मंगलबार लत्ता, कपडा, खाद्यान्य सामान साथै सुत्केरीलाई डाइटका रुपमा दुई क्यारेट अण्डा समेत हस्तान्तरण गरेको हो । 


faa582b0-db32-4b61-af72-9462baf19782करिब १८ हजार बराबरको सामान राहत दिँदै, केही रकम संकलन भए एउटा सुत्ने खाट पनि चाँडै उपलब्ध गराउने संस्थाकी केन्द्रिय अध्यक्ष चन्द्रा काफ्लेले बताउनु भयो । 

राज्यस्तरबाट गर्न नसकेको काम आज नेपालभर मेचीमहाकाली बुहारी संयुत्त आवाजले गरिरहेको छ भन्दा फरक नपर्ला ।

आफ्नो खाजा खर्च मासिक रुपमा १०० उठाएर गरिब, असाहय र रोगको मुखमा छट्पटाईरहेकाहरुलाई सहयोग गर्नु यस संस्थाको मुख्य उदेश्य रहेको संस्थाकी केन्द्रिय अध्यक्ष काफ्लेले बताउनु भयो । 

58ec081c-67fb-4304-abbc-341eaea1f0f2परिवारका सदस्यलाई लुगा हस्तान्तरण गर्दै अध्यक्ष काफ्लेले गरिब र असाहयलाई सहयोग गर्न पाउँदा मन खुसी भएको जिकिर गर्नुभयो ।

आफ्नो परिवारको दुखलाई देखेर संस्थाले यति ठुलो सहयोग गरेकोमा आफ्नो खुसीको सिमा नरहेको अजित किसान बताउनुहुन्छ ।

यस्तो जटिल अवस्थामा सबैले सहयोग गरिदिन पनि उहाँले अपिल गर्नुभएको छ । झापा जिल्ला सदस्य रोस्नी अधिकारी खनाल र प्रमिला उप्रेतिको पनि उपस्थित रहेको थियो ।