अर्जुनधारा। भरत भाबुक प्रसाई,अर्जुनधारा नगरपालिका ५ लक्ष्मीपुरमा रहेको श्री सोभा भगवती नवदुर्गा पञ्चायन धाममा आज मंगलबारबाट स्कन्ध महापुराण सुरु भएको छ । 

अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव गाम्देन तथा प्रमुख कथावाचक छन्दुराम भण्डारीले दियोमा बाती बालेर औपचारिक रुपमा महापुराणको सुभारम्भ गर्नु भएको थियो ।

vvvvvबिहान ११ बजे विभिन्न झाँकी र नृत्य सहितको कलश यात्राले लक्ष्मीपुर बजार परिक्रमा गरेको थियो ।

धर्म जागरण पृत्री उद्दार र धर्म स्थापनार्थ गएको १७ बर्षदेखी नियमित रुपमा यस मन्दिरमा महापुराणको लगाउँदै आएको पुराण व्यवस्थापन समितिले जनाएको छ ।

bcvbcvbcvआज आयोजित औपचारिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहनु भएका बलदेव गाम्देनले जुन समाजमा धर्म स्थापित हुन्छ त्यो समाज सुसंस्कृत र सम्पन्न हुने बताउनुभयो ।

उहाँले मानिसभित्र अनुशासित हुनुपर्छ भन्ने बोध केवल धर्मले मात्रै प्रदान गर्ने भएकाले हरेक टोल गाउँमा यस किसिमका अनुष्ठान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । 

ghjghकरीव ६ लाख खर्चमा सम्पन्न गरिने पुराणको प्रमुख बाचक  छन्दुराम भण्डारी,र उपबाचकहरुमा  भक्ति प्रसाद घिमिरे, भरत अधिकारी, लक्ष्मीप्रसाद पौड्यल रहनु भएको छ । 

 उद्घाटन कार्यक्रमका बिच दुर्गा हरिहर  कृतन समुहद्वारा प्रकाशित भजन संग्रहको लोकार्पण गरिएको थियो ।

सामाजिक व्यक्ति अर्जुनकुमार रेग्मीले सम्पादन गर्नुभएको पुस्तकमा विभिन्न भजनलाई समावेश गरिएको छ ।

8888888जीर्ण बनेको मन्दिरलाई पुन निमार्ण सामुदायिक हलको व्यवस्थापन र भक्तालु मनहरुलाई धर्मप्रति जागरण जगाउने उदेश्यले १८ औँ स्कन्ध  पुराणकाे अायाेजना गरिएकाे व्यवस्थापन समितिका संयोजक छविलाल लम्सालले जानकारी दिनुभयो ।

महापुराण भव्य र सभ्य रुपमा सम्पन्न गर्न ७ सय १ जनाको मुल समिति, १९ जनाको कार्यसम्पादन समिति, र १२ वटा उपसमिति निमार्ण गरिएको छ । 

456पुराणलाई सफल र भव्य बनाउन छविलाल लम्सालको संयोजकत्वमा सह–संयोजकमा भिमा भट्टराई, सचिव खिलराज कार्की, कोषाध्यक्षमा  जमुना खड्का चयन गरिएको पुराण व्यवस्थापन समिति सचिवालयले जनाएको छ ।

एक कट्ठा जग्गामा फैलिएको मन्दिर परिसरमा सुविधा सम्पन्न सामुदायिक भवन र त्यसभित्र दशगात्रा गर्ने कोठा निर्माण गरिएका छन् ।

महापुराणको औचित्यमाथि प्रकाश पार्दै पुराण व्यवस्थापन समितिका संयोजक लम्सालले धर्म जागरण, पृत्री उद्धार, धर्म जर्गेना हेतु प्रत्येक बर्ष महापुरणको आयोजना गरिदै आएको बताउनु भयो ।

कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नं ५ का वडाध्यक्ष सिताराम भट्टराईले आफ्नो एक महिनाको परिश्रमिक २३ हजार ७ साय ६० रुपौँया पुराण सञ्चालनका लागि सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

मंगलबार बाटै नवदुर्गा पाञ्चायन मन्दिरको नाम परिर्वतन गरि शोभा भगवती नव दुर्गा पाञ्चायन धाम राखिएको छ ।

अर्जुनधारा नगरपालिकाका नगर प्रमुख गाम्देनले पढेर मन्दिरकाे नयाँ नाम सार्वजनिक गर्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन पुराण व्यवस्थापन समितिका सञ्चालक तेजकुमार गिरि र रुद्र ओलीले संयुक्त रुपमा गर्नुभएको थियो ।