मनकामना साहित्यिक  परिवारले पढाईलाई सृजनासंग जोड्ने उदेश्यले साहित्यक रचना बाचन कार्यक्रम सम्पन्न गरेको छ ।

99999मनकामनका साहित्यिक परिवारकी अध्यक्ष प्रियंका उप्रतीको अध्यक्षतामा  सम्पन्न भएको कार्यक्रममा कलेजका सहायक क्याम्पस प्रमुख राजेन्द्र प्रसाईले सबै साहित्यमा हार्दिक्ता, लयात्मकता र कोमलता हुने बताउदै ,साहित्यमा उल्लेखित  विषय हुनु पर्नेमा जाेड  दिनु भयाे । 

55555 2साहित्यिक परिवारकका सचिव भरत प्रसाईले स्वागत गर्नु भएको कार्यक्रमलाई  कार्यसमिति सदस्य सुजन कठेतले सञ्चालन गर्नु भएको थियो ।

333333 1मनकामना साहित्यिक परिवारका संरक्षक तथा शैक्षिक कोअडिनेटर कुमार थपलियाले रचनामा  प्रयोग हुने बिम्बलाई विशेष ध्यान दिएर लेख्न आग्रह गर्नु भयो ।

 जनहितमा जारी

6 5

उहाँले लेखन क्षमताले भोली हरेक विधामा काम दिने भएकाले लेख्ने अभ्यास बढाउन आग्रह गर्नु भयो ।

3 5

विभिन्न संकायका १ सय ५ जना विद्यार्थीहरुको उपस्थितीमा सम्पन्न कार्यक्रममा सुस्मिता बराल, अल्मास मिया,तारा बिष्ट, सौरभ अधिकारी, प्रकाश संग्रौला, अञ्जना राजवंशी, धमेन्द्र प्रसाद लिङदेन, नेहा थापा,अनामिका पौड्यल,दिप्सा खड्का,रचना थापा, सागर संग्रौला, रोशन सापकोटा, समिक्षा भट्टराई लगायतले विभिन्न गित, गजल र कविता प्रस्तुत गरेका थिए ।

2 2विगत लामो समयबाट विविध साहित्यिक गतिविधी गर्दै आएको साहित्यक परिवारले बिद्यार्थीलाई सृजनशील  बनाउन रचना बाचन कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।

1 5कार्यक्रममा  मनकामना कलेजका क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई लगायत विभिन्न संकायका शिक्षक शिक्षिकाहरुको उपस्थिती रहेको थियो ।