बिर्तामोड । भरत भाबुक प्रसाई, कसैले आफ्नो जन्म दिन ठुलठुला होटलमा गई पार्टीमा पैसा उडाएर मनाउन् त कसैले विभिन्न स्थान घुमेर, तर संस्था अनुरुपकी दया र  प्रेम भावले भरिएकी झापा जिल्ला सह– संयोजक गंगा भट्टराईले जन्मदिनको अवसरमा अपाङग तथा असाहयलाई स्विटर वितरण गरेर मनाउनु भएको छ ।

अपाङग वाल शिक्षा सरोकार केन्द्र कप्चनबारीमा रहेका ११ बालकालिकालाई चिसोमा स्विटर वितरण गर्दै भट्टराईले अरुका लागि प्रेरणादायक काम गर्नु भएको छ ।

भट्टराई मेचीमहाकाली बुहारी संयुक्त आवाजकी  झापा जिल्ला सह– संयोजकको रुपमा कार्यरत रहनु भएको छ ।

मेचीमहाकाली बुहारी संयुक्त आवाजले सधै कुरा भन्दा काम गरेर देखाउदै आएको छ ।

बुहारी एक त परीवारको जिम्मेवारी अर्को तिर समाजबाट थिचो मिचोमा पर्दै आएका छन् ।

यहाँ गाउँमा सिहंदरबारको कुरा गरेपनी गरीव र निमुखाहरु सधै पिल्सि रहेका  छन् ।

खान नपाएका अनि जाडोमा कठ्याङग्रीरहेका  मानिसको पेट भर्नमा बुहारीहरु लागि रहेका छन् ।

नमन छ तपाई गंगा भट्टराई लगायत मेचीमहाकाली बुहारी संयुक्त आवाजलाई ।

पछिल्लो समयमा सबैले यसरी नै आफ्नो जन्म दिन गरीव विपन्नको आँशु पिछिदिएर अनुहारमा केहीपल  मुस्कान भर्न सके, समाजको रुपान्तरण त्यसै हुने थियो ।