मेचीनगर । युवा नागरिक समाज मेचीनगर कमिटिले मेचीनगर क्षेत्रका विभिन्न सामाजिक एवं सामुदायिक समस्या र मेचीनगरका कमि कम्जोरी, बिकृती बेथिती र भ्रष्टाचारहरुको भण्डाफोर गर्दै समृद्ध मेचिनगर बनाउन वडा नम्बर १० का अध्यक्ष नारायण खनाललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
मेचीनगर क्षेत्र र बिशेष गरि बजार चोक र सडक क्षेत्रमा सामुदायिक कुकुरको प्रकोप सम्बन्धी समुदायको तर्फबाट समस्या समाधानको निमित्त गम्भीर ध्यानाकर्षण पत्र बुझाएको हो ।
मेचिनगरका जनतालाई एक जुट गर्दै जनचेतना अभिवृद्धि गर्ने लगायतका कार्यमा बिगत १ बर्ष देखि नगरको बिकासका निम्ति युवा सामाजिक अभियान्ता प्रकाश खड्काले अभियानको नेतृत्व गरि अघि बढिरहेका छन ।














