बिर्तामोड । भरत भाबुक प्रसाई,साहित्य पत्रकार मञ्च र वीरता रिर्डसको संयुक्त आयोजनामा एक दिने साहित्य लेखन र पत्रकारिता सम्बन्धि लेखन कार्यशाला सम्पन्न भएको छ ।
कार्यक्रमको उदेश्यमाथी प्रकाश पार्दै साहित्य पत्रकार मञ्चका सल्लाहकार तीर्थ सिग्देलले कार्यशालाले झापाका साहित्यकार र साहित्य विधाका पत्रकारहरुलाई साहित्य लेखनमा मद्वत पुग्ने बताउदै, यस्ता कार्यशालालाई आउँदा दिनमा पनि निरन्तरता दिने बताउनु भयो ।
साहित्य पत्रकार मञ्चका सल्लाहकार तथा यलम्बर टाइम्सका सम्पादक दिपिन राईले साहित्य पत्रकारिता गर्दा मिश्रित रुपमा संस्कृती र भेषभुषालाई समावेश गरेर कला र साहित्यलाई संग्गै लानुपर्नेमा जोड दिनु भयो ।
झापाका भरिका पत्रकार र साहित्यकार गरि २१ जनाले कार्यशाला गोष्ठीमा सहभागिता जनाएका थिए ।
अग्रज साहित्यकार तथा पत्रकारहरु लिला, सन्तोष आर्चाय, दिपिन राईले आफ्नो साहित्यिक अनुभव प्रस्तुत गर्दै साहित्य लेखनमा देखिएका चुनौती र बेथितीका सम्बन्धमा आफ्नो बिचार प्रस्तुत गरेका थिए ।
कार्यशालाको सहजीकरण साहित्यकार तथा पत्रकार धमेन्द्र ओझाले गर्नु भएको थियो ।














