झापाको हल्दिबारी गाउँपालिका राजगढमा रहेको बाह्रदशी सामुदायिक क्याम्पसका निमित्त पाँच कठ्ठा जमिन निशुल्क दिएका हरिप्रसाद ओलीले जग्गा दिएको लामो समय बितिसक्दापनि समुदायिक क्याम्पस निर्माणका निमित्त समितिहरुले आवश्यक पहल नगर्दा चित्त दुखाएका छन् ।

क्याम्पसको स्तरोन्नतिका लागि दिएको जग्गा सदुपयोग हुन नसक्दा दाताले चित्त दुखाएका हुन् । क्याम्पस संचालन गर्न धेरै कठिनाइहरु देखापरेको क्याम्पस प्रमुख भेषराज बुडाथोकीले बताउनुभयो ।

412329662_1290533931611522_3097790849748411616_nबिद्यार्थीको चाप धेरै र कक्षाकोठा कम भएका कारण कक्षा संचालनमा कठिनाइ देखा परेको उहाँ बताउनुहुन्छ । क्याम्पस प्रयोजनका लागि क्याम्पस स्वावलम्बि भएर संचालन हुन जरुरी रहेको बाह्रदशी गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत जनार्दन निरौलाले बताउनुभयो ।

आवश्यक परेको खण्डमा क्याम्पसका लागि गाउँपालिकाले उपलब्ध गराउने अनुदानहरु उपलब्ध गराउने बताउँदै क्याम्पस संचालनमा सम्बन्धित पक्षले व्यवस्थित ढङ्गबाट संचालन गर्नुपर्ने उहाँको भनाइ थियो ।