बिर्तामोड । भरत भाबुक प्रसाई,मोवाइल एशोसिएसन बिर्तामोडको अध्यक्षमा युवराज निरौला निर्विरोध निर्वाचित हुनु भएको छ ।

एशोसिएसनको हालै सम्पन्न अधिवेशनबाट निरौलाको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो ।

बिर्तामोडको व्यवसायिक क्षेत्रमा मोवाइल व्यवसायीलाई संगठित गर्दै उनीहरुको हकहित र पेशागत सुरक्षाको पक्षमा दृढतापूर्वक उभिँदै आएका निरौला दोस्रो कार्यकालका लागि अध्यक्ष छानिएका हुन् ।

यसअघि निरौलाकै नेतृत्वमा एशोसिएसन बनेको थियो ।

एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा सुप्रित खनाल, उपाध्यक्षमा ऋषि भण्डारी, महासचिवमा सञ्जय साह, सचिवमा मोहनप्रसाद सेढाई, कोषाध्यक्षमा रोशन नेपाली र सह कोषाध्यक्षमा निकेश कटुवाल रहेका छन् ।

सदस्यहरुमा दिनेश खतिवडा, प्रकाश उप्रेती, अर्जुन कार्की र दीपक श्रेष्ठ छन् ।

कालिका सिमसारमा सोमवार आयोजित बनभोज कार्यक्रममा नवनिर्वाचित कार्य समितिको नाम घोषणा गरिएको हो ।