झापाको शिवसताक्षी वडा नम्वर १० मा निर्माणाधिन रहेको  भवन भित्र अन्दाजी ४२ बर्षका सुनसरी  धरान निवासी यमकुमार धमला मृत अवस्थामा फेला परेका छन् ।

कानुनी प्रकृयाका लागि  इलाका प्रहरी कार्यलय  झिल्झिलेबाट अनुसन्धानका लागि प्रहरी घटना स्थलतर्फ गएको डि ओ पी झापाले जानकारी दिएको छ ।

  मृतकको भाउजु उमा बिष्ट आई सनाखत गरी कानुनी प्रकृया पुरा गरी लास पोष्टमाटमका लागि दमक अस्पताल दमक पठाईएको डि ओ पी झापाले जनाएको छ । 

मृत्यु कारण खुल्न   नसकेको प्रहरीले जनाएको छ ।