भरत प्रसाई बिर्तामोड । झापा च्याम्बर अफ कर्मशका अध्यक्ष ओमकृष्ण बिमलीले ल्यापकमा प्रभावकारी परिक्षण नहुँदा तेश्रो मुलुकले नेपाली उत्पादन लाई स्विकार गर्न नसकेको बताउनु भयो ।
खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यलय झापाको आयोजनामा विहिबार बिर्तामोडमा आयाजित अन्तरक्रिया कार्यक्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले नेपालका हरेक नाकामा विश्वले मान्यता प्रदान गर्ने अन्तराष्ट्रिय मापदण्डका ल्यापको स्थापना हुनुपर्नेमा जोड दिनु भयो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथी बिर्तामोड नगरपालिकाका उप प्रमुख नगेन्द्रप्रसाद संगौलाले कुनै स्थानबाट समान राम्रो दिइन्छ भनेकै भरमा आँखा चिम्लिएर समान किन्ने परिपार्टीको अन्य हुनु पर्नेमा जोड दिनु भयो । उहाँले गत आर्थिक बर्षमा मात्रै १ सय १४ क्यान्सर पिडितको विवरण आएको बताउनु भयो ।
खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यलय झापाका अध्यक्ष सुवास चन्द्र वस्तीले उपभोक्ताले विशेषत उपभोग र भण्डारणमा ध्यान लिदै, फ्रिजमा गलेका बस्तु माथी र काँचो र नपाकेका बस्तु तल राख्ने गरेमा खाद्यपदार्थलाई स्वच्छ राख्न सकिने बताउनु भयो ।
मानिसको रगतमा प्लाष्टिक जन्य बस्तुहरुको ब्याकटेरिया देखिएको डब्लु एच ओको पछिल्लो रिर्पोटमा उल्लेख गरिएको उहाँको भनाइ छ ।
कार्यक्रममा उद्यमशील महिलाकी अध्यक्ष पार्वता खरेल बिमली ,सतासी बहुदेश्य डिर्पाटमेन्टलका प्रमुख सन्तोश श्रेष्ठ ,उपभोक्ता हित संरक्षण मञ्चका राजु गौतम लगायतले खाद्य गुणस्तरको परिक्षणमा सरकार उदासिन भएको जनाउदै प्रभावकारीका निम्ति के के गर्न सकिन्छ भनि प्रश्न राखेका थिए ।
खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यलय झापाका प्रमुख बस्तीले हालसम्म खाद्य ऐन र निती विरुद्व गरिएको गतिवधिका कारण १९ वटा मुद्वा चलाइएको बताउनु भयो ।
उहाँले मुलत दुध, पानी,माछा,तेल,बेकरीजन्य खाद्य सामाग्रीमा खाद्य जोखिमता देखिएको बताउनु भयो । खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रमको सहजीकरण नारी संञ्चार गृह झापाले गरेको थियो ।

खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रमको सहजीकरण नारी संञ्चार गृह झापाले गरेको थियो । गृहकी निर्वमान अध्यक्ष भिमा सिवाकोटीलेअन्तरक्रियाको सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा नारी सञ्चार गृहकी संस्थापक अध्यक्ष सावित्रा दाहालले खाद्य गुणस्तरका सम्बन्धमा आफ्नो प्रस्तुती राख्नु भएको थियो । स्वागत नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतमले गर्नु भएको कार्यक्रमको सञ्चालन सञ्चार गृहकी सह सचिव जोस्ना श्रेष्ठले गर्नु भएकाे थियाे ।
नारी सञ्चार र खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको संयुक्त आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा उद्योग बाणिज्य संध, उपभोक्ता समिती, कृषी सहकारी , उद्यमशील महिला संधका विभिन्न प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।














