अर्जुनधारा। भरत भाबुक प्रसाई , ६६ औ बार्षिकोत्सवको अवसमा महारानीगञ्ज माध्यमिक  बिद्यालय सालबारीमा  मा.बि नगर स्तरीय फुटबल नकआउट प्रतियोगिता हुने भएको छ ।

बिद्यालयले  खेलाडी उत्पादन तथा खेलको प्रवर्धन गर्ने उदेश्यले बार्षिक रुपमा नगरस्तरिय फुटबल प्रतियोगिता गर्न लागिएको प्रधानाध्यापक मनबहादुर लिम्बुको बताउनु भयो । 

 कुशल खेलाडी उत्पादन गर्ने प्रमुख उदेश्यका साथ  प्रतियोगिताको आयोजना गरिएको  लिम्बुले बताउनु भयो ।

प्रतियोगिताको माघ २ गते प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले उद्घधाटन गर्ने  शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

अर्जुनधारा नगरका आठ माध्यमिक बिद्यालयहरु सहभागी  रहेको छ । 

प्रतियोगिता  सम्पन्न गर्न अमेरिकामा बस्दै आउनु भएका सामाजिक व्यक्तित्व अरुणकुमार डाँगी र उहाँका भाई भक्त डाँगीले स्वर्गीय पिता कृष्णप्रसाद डाँगीको स्मृतिमा एक लाख सहयोग गर्ने खेल ब्यवस्थापन समितिले जनाएको  छ । 

प्रतियोगितामा प्रथम र दोस्रो बिजयी टिपलाई क्रमश नगद २० र १० हजार रुपैयाँसहित ट्रफी प्रमाणपत्र  प्रदान गरिने सहजकर्ता शिक्षक एवं राष्ट्रिय रेफ्री प्रदीप बस्नेतले जानकारी दिनु भयो ।

प्रतियोतिा माघ १५ गते समापन हुनेछ । कार्यक्रम पिटिए अध्यक्ष सूर्यप्रसाद भट्टराईको अध्यक्षतामा सञ्चालन भएको थियो ।