दमक । झापाको दमकमा रहेको झापा मोडल अंग्रेजी माविकी छात्रा कृतज्ञता थापा राष्ट्रिय सेवादल एनसिसी मार्फत युथ एक्सेन्ज कार्यक्रममा छनोट हुनु भएको छ । 

देशभरका १५ हजार एनसिसी सदस्यमध्ये बाट छनोट हुनु भएको हो ।

कक्षा ११ की छात्रा थापा भारतमा हुने युथ एक्सेन्ज कार्यक्रममा सहभागी हुने विद्यालयका प्रिन्सिपल सागर श्रेष्ठ बताउनु हुन्छ ।

पुस १५ गतेदेखि २९ गतेसम्म नेपाली सेनाको मुख्यालयमा सञ्चालित आन्तरिक तालिममा थापा उत्कृष्ट हुनु भएको थियो । 

भारतको विभिन्न राज्यहरूको भ्रमण गरी आफ्नो कला प्रस्तुत गर्न नेपालबाट झापाकी थापासहित १६ जना क्याडेट त्यस तर्फ जाने  छन् ।

दुई सातासम्म हुने कार्यक्रममा क्याडेटहरुले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, सुरक्षामन्त्री लगायतका उच्चपदस्थलाई समेत भेट्ने र छलफल गर्ने मौका पाउने जनाइएको छ ।

२३ देशका क्याडेट सहभागी हुने विशिष्ट कार्यक्रममा थापाले सम्बोधन गर्ने अवसर समेत पाउने श्रेष्ठले जानकारी दिनु भयो ।