मेचीनगर । भरत भाबुक प्रसाई , झापाको मेचीनगर १३ मा  विभिन्न जात जातीको संस्कृती प्रर्दशन तथा संरक्षण गर्ने उदेश्यले चारआली सांस्कृतीक महोत्सव २०८० हुने भएको छ । 

  टासी फुन छोई खारलिङ गुम्बा तथा चारआली जेसिसको संयुक्त आयोजनामा सम्पन्न गरिने महोत्सवमा चारभन्दा बढी जात जातीका सांस्कृतिक परिकार,पोशाक,बासस्थान संस्कृतिसंग जोडीएका बस्तु प्रर्दशनमा राखिने बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

माघ ११ गते देखि २४ गते सम्म चारआली स्थित इलाम रोड नजिकै लाग्ने मेला सम्पन्न गर्न करीव ३५ लाख खर्च हुने महोत्सव आयोजक समितिले जनाएको छ ।

पत्रकार सम्मेलनमा पत्रकारहरुको जिज्ञासको उत्तर दिदै गुम्बा ब्यवस्थापन समिति तथा  महोत्सव मूल आयोजक समितिका सचिव सोनाम सिंह तामाङले   अपेक्षा गरे अनुरुप आर्थिक संकलन भएमा बौद्व गुम्बाको स्तरउन्नति र जेसिस भवन निर्माणमा खर्चिने बताउनु भयो । 

 सांस्कृतीक महोत्सवलाई भव्य र सब्य बनाउन फुर्वा लामाको अध्यक्षतामा १ सय ५ जनाको मूल आयोजक समिति र ५ उपसमिति निर्माण गरिएको चारआली जेसिसका अध्यक्ष भोजराज पराजुलीले जानकारी दिनु भयो ।

महोत्सवमा राष्ट्रिय कलाकार तथा गायक सविन राई,एलिना चौहान,रोजेशपायल राई, सारेगम लिटल च्याम्प २०२२ की विजेता जेसिन डोमा लामा,  गायक अपूर्ण तामाङ, जोन चाम्लिङ लगायतको प्रस्तुती रहने गुम्बा व्यवस्थापन समितिका सल्लाहकार पासाङ शेर्पाले बताउनु भयो ।

चारआलीमा राष्ट्रिय कलाकारको उपस्थितमा विगत १२ वर्ष पछि महोत्सव आयोजना हुने भएकोले यस महोत्सवमा स्थानीयवासीको बाक्लो उपस्थिति रहने आयोजक समितिले अपेक्षा गरेको छ ।

महोत्सव अवधीमा ३० हजार भन्दा धेरैले महोत्सव अवलोकन गर्ने समितिले अनुमान गरेको छ ।