झापा  भरत प्रसाई , झापा नाटक घरमा माघ १० गते बाट नाटक रिफण्ड मञ्चन हुने भएको छ । प्रसिद्ध हङ्गेरियन लेखक फ्रिज क्यारेन्थि द्वारा लिखित नाटक रिफण्ड क्षितिज नाट्य प्रतिष्ठानको नव निर्मित भवन झापा नाटक घरमा मञ्चन गरिने भएको छ ।

मोरङ्गको विराटनगरमा स्थित नाम्लो नाट्य समूह,झोराहाट नाट्य समूह र क्षितिज नाट्य प्रतिष्ठानको साझेदारीमा उक्त नाटक मञ्चन हुन लागेको  क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण कार्यका अभियान्ता तथा परिकल्पनाकार ,रंङ्गकर्मी माधव कल्पितले जनाएका छन ।

यो नाटक कक्षा ११ को अनिवार्य अंग्रेजी  पठ्यक्रममा  समावेश भएको कारण  नाटक विद्यार्थी शिक्षक तथा अभिभावक सवैले हेर्नुपर्ने नाटकका निर्देशक सुदिप जंग कार्कीले बताएका छन ।

कार्कीका अनुसार नाटक करिव एक घण्टाको रहेको छ । नाटकमा सुरज माझी,दीक्षा चौधरी ,वन्वो सन्तोष , प्रज्वल भट्टराई , प्रदिप दाहल ,विवेक मिश्र र सुदिप जंग कार्कीको अभियान रहने निर्माण पक्षले जनाएको छ ।

नाटकमा लाईट सुशील कार्कीले समायोजन गर्ने छन भने म्युजिक सञ्जय मुडियारीको रहने  नाटक को लागि शिक्षा सेवि तथा क्षितिज साहित्य प्रतिष्ठान झापाका सचिव ताराप्रकाश भट्टराई को संयोजकत्वमा संगीत बिभाग सचिव  सुजन शिवाकोटी उपाध्यक्ष   र नाट्य बिभाग सदस्य  तुलसी मिश्र सचिव रहने गरि  को ३ सदस्यीय नाटक मञ्चन ब्यबस्थापन समित गठन भएको कुरा क्षितिज साहित्य प्रतिष्ठान झापाका अध्यक्ष तुलसी प्रसाद भट्टराईले जानकारी दिनु भयो ।

सडकमा १५ रुपैयाँको १ थान इट्टा मागेर विगत ४ बर्ष अघिबाट बहुजातीय साँस्कृतिक संग्रहालय सहितको झापा नाटक घर निर्माण कार्यमा जुटेको प्रतिष्ठानले हाल सम्ममा २ करोड ७३ लाख ६० हजार मुल्य बराबरको नाट्य कला मन्दिर निर्माण गरि सकेको र कोशी प्रदेशकै पहिलो बहुजातीय साँस्कृतिक संग्रहालय निर्माणका लागि १सय ४५ धुर जमिन जुटाउन सफल भएको तथा उक्त जमिन क्षेत्र भित्र २५ अर्ब लागतको साँस्कृतिक संग्रहालय निर्माण गरिने प्रारम्भिक स्टमेट भइ रहेको कुरा नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष माधब कल्पित ले जानकारी दिनु भएको छ ।

 नाटक बिद्यार्थी संग सम्बन्धित र पाठ्यक्रममा नै रहेको हुदा हामी प्याप्सन बिर्तामोड को तर्फबाट नगर भित्रका सबै बिद्यार्थी र बिषयगत शिक्षक शिक्षिका लाई समेत नाटक घर सम्म पुर्याएर नाटक देखाउने तयारीमा जुटेको  झापा नाटक घर निर्माण ब्यबस्थापन समिति सदस्य एवं बिर्तामोड प्याप्सनका अध्यक्ष उत्तम खनालले बताउनुभयो ।