फिक्कल । इलामको फिक्कलमा स्टडी पार्क एजुकेशन नेटवर्क विर्तामोडको शाखा शुक्रबार देखि सञ्चालनमा आएको छ ।
अन्तर्राष्ट्रिय स्तरमा अध्यायन गर्न चाहने विद्यार्थीहरूलाई गुणस्तरीय अन्तर्राष्ट्रिय शिक्षा उपलव्ध गराउने उदेश्य सहित सूर्योदय नगरपालिका ८ फिक्कल पेट्रोल पम्प नजिक शुरु भएको शाखाले युवाहरुको चाहना अनुसारको जीवन उपयोगि सिप र तालिम प्रदान गर्ने लक्ष लिएको शाखा प्रमुख राजन प्रधानले जानकारी दिए ।
सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गाकुमार बरालले शाखाको उद्घाटन गर्दै शाखाले युवाहरुको आवश्यकता अनुसारको ज्ञान र सिप उपलव्ध गराउनु पर्ने बताए ।
नेटवर्कले अन्तराष्ट्रिय स्तरमा अध्यायन गर्न चाहने विद्यार्थीका लागि आवश्यक जानकारी, मार्गदर्शन प्रदान गर्ने कम्पनीका अध्यक्ष मदन बुडाथोकीले बताए ।
उनले घरबाट बाहिर गएर अध्यायन गर्नुपर्ने विद्यार्थीका लागि सहज वातावरण निर्माण गर्न इलामको फिक्कलमा शाखा स्थापना गरेको बताए ।
नेटवर्कले विशेषज्ञ परामर्श र मार्गदर्शन बाहेक आएल्स र पिटिइको तयारी कक्षा पनि सञ्चालन गर्दै आएको छ ।
स्टडी पार्कका निर्देशक सरोज पौडेलले नेटवर्कको परामर्श र तालिम प्राप्त गरेका युवाहरुले यस अघि नै उत्कृष्ट अंक प्राप्त गरेर सफलता प्राप्त गरेको दावी गरे ।
शाखाले लोकसेवा तयारी कक्षा, कम्प्युटर तालिम, ट्युसन र कोचिङ कक्षा समेत सञ्चालन गर्ने जनाएको छ । शाखाले विद्यार्थीलाई आर्थिक सहायता, विमा लगायतमा पनि सहयोग गर्ने जनाएको छ ।
शाखाले विद्यार्थीको लागि आवासको पनि प्रवन्ध गर्ने शाखा प्रमुख प्रधानले बताए ।
सूर्योदय नगरपालिका ८ का वडा अध्यक्ष जंग गुरुङले युवाहरुलाई क्षमतावान बनाउने काममा नेटवर्कले गर्ने सबै प्रयासमा सहयोग गर्ने बताए ।कार्यक्रममा न्युटन्स एजुकेशन एकाडेमी विर्तामोडका प्रधानाध्यापक देवेन्द्र हुमागाईले शाखाले जीवन उपयोगी शिक्षा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
निधि कलेज विर्तामोडमा रञ्जित शाहाले आफुले समेत सानो क्षेत्रबाट काम शुरु गरेको अनुभव सुनाउँदै शाखाले इलामका युवाहरुको आवश्यकतालाई समेटेर काम गर्ने बताए ।
उपप्रमुख बरालको प्रमुख आतिथ्यमा भएको कार्यक्रम नेटवर्कका अध्यक्ष बुडाथोकीको सभापतित्वमा सम्पन्न भएको थियो ।
उद्घाटन कार्यक्रममा संचालक उदय काफ्ले ,सन्नी दास ,राईट एजुकेशनका प्रमुख नवीन बोहोरा , बारिस्ता प्रशिक्षक मनिष अधिकारी लगायतको उपस्तिथि रहेको थियो ।














