दक्षिण अफ्रिकामा जारी यु–१९ विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेल न्युजिल्याण्ड बिरुद्ध खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे बफालो पार्कमा हुनेछ ।

विश्वकप खेल्न समूह डिमा परेको नेपालले समूह चरणको पहिलो खेलमा न्युजिल्याण्डसँग खेल्न लागेको हो ।

नेपालले दोस्रो खेल माघ १० गते पाकिस्तानसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल माघ १२ गते अफगानिस्तान बिरुद्ध खेल्नेछ ।