संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले भाषा संग्रहालय स्थापना गर्ने बताउनुभएको छ । 

 आईतवार मन्त्रालयमा श्री पशुपति हिन्दु विश्वविद्यालय स्थापना तयारी समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले  भाषा संग्रहालयका लोगि सोमवार (भोलि) नै भाषा म्युजियम अध्ययन समिति बनाउने घोषणा गर्नुभयो ।

उहाँले पशुपति क्षेत्र विकास कोषको गोठाटारको जग्गामा हिन्दु विश्वविद्यालय बनाएरै छोड्ने प्रतिवद्धता पनि जनाउनु भयो ।

उहाँले हिन्दु विश्वविद्यालय नेपाललाई आवश्यक रहेको बताउनु भयो ।

मन्त्री किराँतीले विश्वविद्यालयलाई पूर्ण सञ्चालनका लागि पनि मन्त्रालयले समिति गठन गर्ने बताउनु भयो ।