मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले हुने खानेले मात्रै अवसर पाउने खालको अवस्था अन्त्य गर्न सरकारलाई सुझाव दिएका छन् । 

 

अध्यक्ष दत्तले मधेसमा नक्कली अभिभावक खडा गरेर विद्यालय व्यवस्थापन समिति कब्जा गर्ने गलत अभ्यासको अन्त्य गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

आईतवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले तराईमधेसमा विद्यालय व्यवस्थापन समितिको चुनावमा मान्छे मार्नेसम्मको हर्कत हुने गरेको उल्लेख गर्दै त्यस्तो अवस्था आउन दिन नहुने बताउनु भयो ।

उहाँले पछाडि परेका समुदायलाई माथि उठाउने खालको शैक्षिक नीति मुलुकका आवश्यक भएको बताउनु भयो ।

अध्यक्ष दत्तले मुलुकमा विद्यमान शैक्षिक नीति इमान्दारितापूर्वक कार्यान्वयन गर्नुपर्ने खाँचो समेत औंल्याउनु भयो ।

अध्यक्ष दत्तले संस्कृत शिक्षा मुलुकका मुल शिक्षा भएकाले त्यसको विकासमा पनि सरकारले जोड दिनुपर्ने बताउनु भयो ।