मधेस र वागमती प्रदेशले सोमवार प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित निकाल्दै शिर्ष स्थानको होडमा उभ्याएको छ ।
मायन यादवको शतक प्रेरणामा मधेसले कीर्तिपुरमा सुदूरपश्चिम प्रदेशलाई ८० रनले हराउँदै मुलपानी वागमतीले कर्णाली प्रदेशमाथि सात विकेटको जित निकाल्दै जारी प्रतियोगितामा शिर्षताको होड बनाएको हो ।
चार खेलमा अपराजित नेपाल पुलिस तथा समान ६ खेलबाट वागमती र मधेसको समान आठ अंक छ । मायनको शतकसँगै उत्कृष्ट ब्याटिङमा मधेसले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिमसामु तीन सय २० रनको चुनौतिपूर्ण लक्ष्य प्रश्तुत ग¥यो ।
जवाफी ब्याटिङ गरेको सुदूरपश्चिम ४४।५ ओभरमा दुई सय ३९ रनमै समेटिएपछि जारी प्रतियोगितामा पहिलो हार व्यहो¥यो । सुदूरपश्चिमको चौथो खेलमा यो पहिलो हार हो ।
विशाल लक्ष्य पछ्याएको सुदूरपश्चिमले नरेन भट्टको १२१ रनको शतक बावजुद जितका लागि पर्याप्त भएन । सुदूरपश्चिमको शुरुवात राम्रो हुन सकेन र पहिलो ओभरमै ओपनर टेक रावतलाई शुन्यमै गुमायो ।
त्यसपछि नारेन इनिङ समाले पनि अर्को छेउबाट उनले साथ पाउन सकेनन् ।
उनले दोस्रो विकेटका लागि ओपनर खडक बोहोरासँग ५६ रन र पाँचौं विकेटका लागि नारायण जोशीसँग ५० रनको साझेदारी गरे ।
खडकको १४ रन र नारायणको २६ रनको योगदान रह्यो ।
त्यसबाहेक अन्य ब्याटरले लामो इनिङ खेल्न सकेनन् ।
नवौं विकेटका रूपमा आउट भएका नरेनले १२२ बल खेल्दै १३ चौका र एक छक्का प्रहार गरे । किरण ठगुन्ना २० रन र नारेन साउदले १८ रनको योगदान दिए ।
मधेसको बलिङमा राजेश यादव र प्रदीप पासवानले समान तीन विकेट तथा रञ्जित कुमारले दुई, हरिशंकर साह र पवन सर्राफले समान एक विकेट लिँदै सुदूरपश्चिमलाई पूरै ओभर खेल्न दिएनन् ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको मधेसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै तीन सय १९ रनको योगफल बनाएको थियो ।
मायनले ११५ रनको शतकीय इनिङ खेल्दै मधेसलाई विशाल योगफलतर्पm अग्रसर गराए । १२८ बल खेलेका उनले आठ चौका र दुई छक्का प्रहार गरे ।
मधेसले तेस्रो ओभरमै कप्तान हरिशंकर साहलाई १४ रनमै गुमायो । तर, त्यसबाहेक शिर्ष क्रमका ब्याटरले साथ दिँदा मधेसले विशाल योगफल बनायो ।
पवन सराफले ७० रन र अनिल साहले ६९ रनको योगदान दिए ।
पवनले ६३ बलमा समान चार चौका र छक्का र अनिलले ७० बलमा ६ चौका र दुई छक्का प्रहार गरे । रूपेश सिंहले २१ रन, अविषेक तिवारीले १६ रन बनाए ।
मायनले तेस्रो विकेटका लागि पवनसँग १२७ रन र दोस्रो विकेटका लागि अनिलसँग १०६ रनको साझेदारी गरे । सुदूरपश्चिमको बलिङमा शेर मल्लले चार विकेट, विकाश आग्रीले दुई तथा नारायण जोशी र गजेन्द्र बोहराले समान एक विकेट लिए ।
अर्को खेलमा वागमतीले मुलपानी क्रिकेट मैदानमा कर्णालीमाथि सात विकेटको सहज जित निकाल्यो । यससँगै पाँच खेलमा तेस्रो हार बेहोरेको कर्णालीको चार अंक छ ।
कर्णालीले दिएको ७९ रनको सामान्य लक्ष्य वागमतीले मात्र १३ ओभरमा तीन विकेट गुमाउँदै पूरा ग¥यो ।
ओपनर ईशान पाण्डेको ४० रन र रविन जोशीले अविजित १६ रन नै वागमतीको जितका लागि पर्याप्त भयो ।
कर्णालीको बलिङमा दिवान पुनले तीन विकेट लिँदा अन्य बलर असफल भए । त्यसअघि टस जितेर ब्याटिङ गरेको कर्णाली २४।२ ओभरमा ७८ रनमै समेटियो ।
वागमतीका बलर रिजन ढकालले पाँच विकेट, ईशानले दुई तथा प्रतिश जिसी, सूर्य तामाङ र विपिन आचार्यले समान एक विकेट लिँदै कर्णालीको इनिङ धराशयी बनाए ।
कर्णालीका लागि अर्जुन घर्तीले २३ रन र निश्चल रावलले १३ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।














