बिर्तामोड  नगरपालिका वडा नम्वर २ मा रहेको चारपाने स्वास्थ्य चौकी शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

२०८० साल जेष्ठ १६ गतेबाट सञ्चालनमा आएको स्वास्थ्य चौकीलाई बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गर्नु भएको हो । 

55555उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईले जग्गादाताले जग्गा दिएको ११ बर्ष पुग्दा पनि विविध राजनीतिक परिस्थितिका कारणले समयमै स्वास्थ्य चौकी बन्न नसक्नु दुःखको कुरा भएको बताउनु भयो ।

उहाँले मनलाई उदार बनाएर सात कठ्ठा जग्गा अस्पताल निर्माणका निम्ति प्रदान गरेकोमा  स्थानीय समाजसेवी चन्द्रप्रसाद बजगाईलाई विशेष धन्यवाद दिनु भयो ।

44444 1आई केयर सेन्टरको प्राविधिक सहयोगमा आयोजित निशुल्क स्वास्थ्य आँखा शिविरमा नगरप्रमुख प्रसाईले आफ्नो आँखा परीक्षण गराएर आँखा शिविरको पनि उद्धाट्न गर्नु भयो ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै  बिर्तामोड वडा नम्वर २ का अध्यक्ष किशोरकुमार पौड्यालले स्वास्थ्य चौकी निर्माण गर्न जग्गा उपलव्ध गराउने दाता बजगाई एवं उहाँको परिवारलाई यस क्षेत्रका नागरिकले कहिल्यै विर्सिन नसक्ने बताउनु भयो । 


२०७१ सालमा करीव २ करोड बराबरको जग्गा अस्पतालको नाममा दान गर्नु भएका बजगाई ११ बर्ष लाग्दा पनि आफूले अपेक्षा गरिए अनुरुपको अस्पताल निर्माण हुन नसकेको भन्दै दुखेसो पाेख्नु भयो ।

उहाँले भोलीका दिनमा अस्पतालको स्तरोन्नतिका लागि केही आवश्यक परे आफू सहयोग गर्न तयार रहेको बताउनु भयो ।

222222 2 कार्यक्रममा जग्गादाता चन्द्रप्रसाद बजगाई, शान्ता बजगाई, चारपाने स्वास्थ्य चौकीका पूर्व इन्चार्ज शिवप्रसाद शाहलगायत लामो समयबाट स्वास्थ्य सेवा रही  अवकाश लिनु भएका स्वास्थ्यकर्मीकरुलाई सम्मान गरिएको थियो ।

बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड नगर अस्पतालका प्रमुख सुनिल अधिकारी, बिर्तामोड वाड नम्वर २ एकता स्पोटिङ क्लवका अध्यक्ष  किरण पौड्याल, समाजसेवी भवानी ओली, लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

नगरपालिका कार्यपालिका सदस्य सर्मिला त्रिखत्रीले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य चौकी इन्चार्ज तुलसी पोखरेलले गर्नु भएको थियो । 

विगत लामो समयदेखि सञ्चालनमा आउन नसकेको स्वास्थ्य चौकीले निशुल्क ओपिडी सेवा, खोप सेवा, मातृशिशु सेवालगायत स्वास्थ्य परामर्श सेवा प्रदान गर्दै आएको चारपाने स्वास्थ्य चौकीका इन्चार्ज पोखरेल बताउनुभयो ।