इलाम । इलाममा सम्पन्न प्रथम इलाम गोल्डकपको उपाधि न्युरोड टिम एनआरटीले जितेको छ ।

इलामको ठुलो टुँडिखेलमा सञ्चालित प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा बिर्तामोड युनाइटेड क्लब झापालाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै एनआरटीले उपाधि जितेको हो ।

निर्धारित समयसम्म दुवै टीमले गोलरहित बराबरी खेलेपछि टाइब्रेकर खेलाइएको थियो ।

विजेता एनआरटीले गोल्डकपको उपाधिसंगै नगद पाँच लाख पुरस्कार प्राप्त गरेको छ भने झापाले नगद ३ लाख रुपैयाँमा चित्त बुझायो ।

आजको खेलमा म्यान अफ द म्याच बिर्तामोड युनाइटेडका हिसुब थपलिया बने । उनले नगद ५ हजार प्राप्त गरे ।

रेडहर्ष क्लबको आयोजनामा सञ्चालित प्रतियोगितामा सर्वाधिक गोलकर्ता आयोजकका नवयुग श्रेष्ठ बने । उनले ४ गोल गरेका थिए ।

उत्कृष्ट गोलकिप्पर एनआरटीका प्रिसु बने भने उत्कृष्ट मिडफिल्डर बिर्तामोडका योगेश गुरुङ बने ।

उत्कृष्ट डिफेन्डर बिर्तामोडका सन्जित राई र उदीयमान खेलाडी आयोजक रेडहर्षका विवेक मगर बने ।

उत्कृष्ट फरवार्ड एनआरटीका राजीव लोप्चन बने भने सर्वोत्कृष्ट खेलाडी बिर्तामोडका रोहन कार्की घोषित भए ।

यसैगरी उत्कृष्ट कोच एनआरटीका हरिओम श्रेष्ठ बने । उनीहरूले विधागततर्फ जनही १०–१० हजार नगद र ट्रफी प्राप्त गरेका छन् ।