बिर्तामोड । भरत भाबुक प्रसाई , साहित्य चौतारी बिर्तामोड झापाले ५ जना स्रष्टाहरु लाई सम्मान गरेको छ ।

 साहित्य चौतारी २५ औ रजत जयन्तीको अवसरमा  कला संगित र साहित्यक क्षेत्रमा योगदान पु¥याउने नेपाली स्रष्टाहरुलाई सम्मान गरिएको हो । 

साहित्य चौतारीले ५ जना अग्रज श्रष्टा तथा शिखर व्यक्तित्वलाई दीर्घ साधना सेवा सम्मान तथा  अभिनन्दन गरेको साहित्य चौतारी बिर्तामोड झापाका अध्यक्ष देबीभक्त श्रेष्ठले जानकारी दिनु भयो  । 

नेपाली सांगिक जगतकी पहिलो महिला संगितकार, अग्रज श्रष्टा एवं शिखर व्यक्तित्व शान्ति ठटालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन साहित्य चौतारीका महासचिव भानुभक्त कुभिण्डेलीले गर्नु भएको थियो । 

संस्थाले अग्रज श्रष्टाहरु असोक राई, मणिकमल क्षेत्री, दुर्गा खरेल, नवकुमारी खनाल र पुण्यप्रसाद ओलीलाई अभिनन्दन साथै दीर्घ साधना सेवा सम्मान बाट सम्मानित गरेको  थियो  ।


साहित्य चौतारी झापाका अध्यक्ष देबीभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको  कार्यक्रलाई साहित्य चौतारीका कला विधाका उपाध्यक्ष हिम्मत नेवाङले स्वागत गर्नु थियो । 

 गायक तथा संगीतकारहरु कुमार सुब्बा, तारादेवी, योगेश वैद्य, नर्नु छिरिङ र लता मंगेश्वरको स्मृतिमा उहाँहरुलाई  सम्मान तथा अभिनन्दन गरिएको  सस्थाका सचिव शौरभ श्रेष्ठले जानकारी  दिनुभयो ।

सप्तक संगितालयका मारिया लिम्बु ,लिरिक्स राज्यलक्ष्मी पौड्यल ले गीत तथा नित्यृ प्रस्तुत गरेका थिए ।

कार्यक्रमका बिच साहित्य चौतारीका  संरक्षक देवीभक्त  श्रेष्ठको ३८औ बैवाहिक वर्षगाठ परेकोले शुभकामना आदान प्रदान मनाइएको थियो । कार्यक्रममा  साहित्य चौतारीका  संस्थापक सल्लाहकार राजेन्द्र संग्रौलाले नवनिर्वाचित  कार्यसमितिको जानकारी दिनु भएको थियो । 

नवनिर्वाचित अध्यक्ष देवीभक्त श्रेष्ठले आफूले जन्मदिने मातापिता स्व। भीमबहादुर श्रेष्ठ, स्व। पञ्चकुमारी श्रेष्ठ  तथा सासुआमा स्व। धनमाया बिमलीको स्मृतिमा २०५६ साल असार ३१ गते साहित्य चौतारी झापाको स्थापना गर्नु भएको  चौतारी  हिजो रुखको फेदी बाट महल सम्मको यात्रातय गर्दै, निजी भवन निर्माणमा जुटेको  छ ।

संस्थालाई यो अवस्थासम्म ल्याइपुर्याउन महत्वपूर्ण योगदान पुर्याउनुहुने साहित्य, कला ,संगीतका सर्जकहरुलाई र निवर्तमान कार्यसमितिलाई धन्यवाद दिदै अध्यक्ष श्रेष्ठले रजतवषलार्ई सफल बनाउन भारतका विभिन्न स्थानबाट आउने स्रष्टाहरुलाई  नेपाली कलाकारहरुको तर्फबाट विशेष आभार व्यक्त गर्नु भयो ।

संस्थाका नवनिर्वाचित सचिव सह–संरक्षक गौरव श्रेष्ठले साहित्य चौतारीको गरिमा वढाउन लागीपर्ने बताउदै कार्यक्रमको सुरुवातमै केही नयाँ कोशीस गर्दै अग्रजकोसाथ लिएर अघि बढ्ने बताउनु भयो ।

अध्यक्ष श्रेष्ठले  साहित्य चौतारीको गितबाट स्वागत गर्नु भएको  थियो । कार्यक्रमलाई सम्बोधन गर्दै शिखर व्यक्तित्व शान्ति ठटालले पुस्ता र अग्रजलाई सम्मान गर्दै उहाँले देखाएको बाटोमा हिड्न नव आगन्तुक साहित्यकार तथा कलाकारहरुलाई आग्रह गर्नु भयो ।

गायक तथा संगीतकारहरु कुमार सुब्बा, तारादेवी, योगेश वैद्य, नर्नु छिरिङ र लता मंगेश्वरको स्मरण स्वरुप विभिन्न कलाकारहरुले राष्ट्रियगीतसहित विभिन्न गीत,संगीत प्रस्तुत गरेका थिए ।

२०५६ साल असार ३१ गते स्थापना भएको साहित्य चौतारी झापाको उद्घाटन राष्ट्रकवि माधवप्रसाद घिमिरेले गर्नु भएको थियो ।

साहित्य चौतारी झापाको संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ, संस्थापक संरक्षक उर्मिला विमली श्रेष्ठ, सहसंरक्षक गौरव श्रेष्ठ, सहसंरक्षक जितु गौतम रहनु भएको थियो ।

झापाली साहित्य, संगीत र कलाको विकास र प्रवद्र्धनमा अग्रणी र नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको साहित्य चौतारी झापाले दर्जनौँ प्रतिभाशाली स्रष्टा सर्जक जन्माएको छ ।