चारआली । भरत भाबुक प्रसाई ,धार्मिक तथा साँस्कृतिक एकताको सन्देश दिने उदेश्यले झापा मेचीनगरको चारआलीमा ४ जातिले एकै साथ ल्होसार पर्व मनाउने भएका छन् । 

 मंगलबार संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरि उनीहरुले एकै साथ ल्होसार पर्व मनाउने घोषणा गरेको जानकारी गराएका छन् । 

जनजाति समुदायभित्र पर्ने चार जातीहरु मगर, शेर्पा, तामाङ र गुरुङले एकै साथ ल्होसार पर्व मनाउँदा साँस्कृतिक एकताको सन्देश फैलने बताउदै  जातीगत एकताको लागि संयुक्त रुपमा पर्व मनाउन लागिएको संयुक्त ल्होसार व्यवस्थापन समितिका सदस्य सोनाम तामाङले बताउनु भयो । 

11111111 1बुद्ध धर्मलम्बीको धर्मसंस्कृति मनाउने परम्परा एउटै भएकाले ल्होछार पर्व एकैसाथ मनाउने निर्णय गरेको संयुक्त ल्होछार डुग ल्हो समितिका अध्यक्ष फुर्वा लामाले बताउनु भयो ।

चारआली उत्तर प्रगती बन क्षेत्रमा रहेको पुरानो गुम्बा भएको स्थलमा आयोजना गरिने ल्होछार पर्व मनाउन वडामा बसोबास गर्ने चारवटै जातीले ऐक्यवद्धतासमेत जनाएका छन् । 

धर्म मनाइरहँदा सरकारले सबै जातजातीको पर्वको दिन पटकपटक छुट्टी दिँदा राज्यलाई पनि भार पर्ने भएकाले एउटै धर्म–संस्कार मनाउने जातीले छुट्टाछुटै मनाउनु भन्दा एकै साथ मनाउदा राम्रो हुने भएकाले एकै समयमा ल्होसार मनाउने निर्णय गरेको आयोजक समितिका सदस्य  छिरिङ शेर्पाले  बताउनु भयो दिनुभयो । 


नेपाल तामाङ घेदुङका जिल्ला सदस्य मानबहादुर तामाङ, नेपाल मगर संघका जिल्ला सदस्य कुमार राना मगर, गुरुङ जातिका प्रतिनिधि तिलबहदुर गुरुङ, शेर्पा जातिका प्रतिनिधि छिरिङ शेर्पालगायतले राष्ट्रव्यापी सन्देश प्रवाह गर्दै बैद्ध धर्मलम्बीहरुले एकै साथ ल्होसार मनाउन आग्रह समेत गर्नुभयो । एकैसाथ मनाउँदा एकताको सन्देश प्रवाह  हुने भएकाले चारआलीबाट त्यसको सुरुवात गरिएको उनीहरुको भनाई थियो ।


प्रदेश १ का आन्तरीक मामिला तथा कानून मन्त्री शमशेर राईको प्रमुख आतिथ्यमा कार्यक्रम संचालन हने कार्यक्रम सम्पन्नका लागि अनुमानित

५ लाख खर्च हुने ल्होसार पर्व व्यवस्थापन समितिका सदस्य तिलबहादुर गुरुङले जानकारी दिनु भयो । कार्यक्रममा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुति रहने बताइएको छ ।