भद्रपुर । भरत भाबुक प्रसाई, झापाको भद्रपुर १० मा रहेको पुरुषोतम शिशिर ठाकुर अनुकुल सत्संग मन्दिरको एक कार्यक्रमका विच प्राण प्रतिष्ठा गरिएको छ । 

ठाकुर श्री श्री अविन दादा र राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद सिटौलाले संयुक्त रुपमा मन्दिरको उद्घाटन गर्नु भएको हो ।

123

मन्दिरको प्राण प्रतिष्ठा गछि संछिप्त प्रतिक्रिया दिदै राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद सिटौलाले मानिसको जिवन रक्षा कसरी हुन्छ, सनातन धर्मको रक्षा कसरी गर्न सकिन्छ भन्ने सन्देशको खोजी गर्न  चलाइएको गतिविधि नै सत्संग भएको बताउनु भयो ।

समाज रुपान्तरण गर्न धर्मप्रति मानिसको जागरण हुनुपर्नेमा उहाँको भनाइ छ । 

नेपालमा पहिलो पटक २०४२ सालमा विराटनगरमा स्थापना भएको ठाकुर सत्संग मन्दिर काठमाण्डौ लगायत नेपालका विभिन्न स्थालमा निर्माण भईसकेको सत्संग मन्दिरका पुजारी भानुभक्त सुवेदीले जनकारी दिनु भयो । उहाँले  ठाकुर चिन्तन धर्म नभएर संस्कार भएको बताउनु भयो ।

55555आफु पनि बाचौ अरुलाई पनि बचाउ भन्ने मुल उदेश्यले धरै बर्ष पहिला देखि ठाकुर परम्परा र संस्कार विकास हुदै सनातन धर्मको जागरणमा यस  चिन्तन लागि परेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रुद्र भुजेलले जानकारी दिनु भयो । 

सत्संग मन्दिरको प्राण प्रतिष्ठमा सहभागी हुन नेपाल लगायत भारतबाट ८ हजार भन्दा बढी भक्तालुहरुको उपस्थिती रहेको थियो ।