अर्जुनधारा नगरपालिका – ८ स्थित तुतबारी टोलका अति विपन्न वर्गलाई सहयोगी मनहरु नेपाल सस्थाले आज एक कार्यक्रमका विच जाडोमा ओढ्ने न्यानो कपडा  वितरण गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि   कुमारप्रसाद उप्रेतीले टोलका अति विपन्न वर्गहरु यसोदा मगर, लिला मण्डल , पोरेश मण्डल, अकालु मण्डल, राम प्रसाद राजवंशी, नन्द कुमार मुसर, फागुलाल चौधरी, रेनुका किस्कु, नम्रता हेमरम, सबिना मुर्मु, टेक बहादुर राई, राम बहादुर भुजेल, खम्बु राना मगर, रिया ऋषि देव, पूर्ण देवी बाँस्कोटा, श्याम दनुवार र धनमाया लम्जेललाई कम्बल, डसना र म्याट १/१ थान गरी जनही जम्मा ३ थान वितरण गरेका हुन् जसमा १७ घरहरुलाई वितरण भएको हो ।

वितरण कार्यक्रममा सहयोगी मनहरु नेपालका महासचिव बिष्णु उप्रेतीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कार्यक्रम संचालन गर्नु भयो ।

संस्थाले स्थापना कालदेखि नै गरीब–दुःखीहरुको झुपडी, झुपडीमा गई यस किसिमका सेवाहरु र शिविर , तालिम , अशक्त बिरामीहरुलाई सहयोग साथै अन्य कार्य गर्दै आएको बताउनु भयो ।

सो अनुरुप आज संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत गरीब( दुःखीहरलाई न्यानो कपडाहरु वितरण गरिएको उनले प्रष्ट्याए ।

अध्यक्ष भिम प्रसाद आचार्यको सभापतित्व , प्रमुख अतिथी (अर्जुनधारा वडा न ०८ का श्री कुमार उप्रेती ज्यु, सस्थाका उपाध्यक्ष श्री सुमनराज रिमाल महासचिव विष्णु उप्रेती ज्यु अन्य सदस्यहरु सुजता गुरुङ मगर, दिपा अधिकारी ,दिपेश खनाल ,ख्याम ढुंगेल लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा कम्बल, डसना र म्याट १७/१७ थान वितरण गरिएको सस्थाका महासचिव श्री बिष्णु उप्रेती ज्युले बताउनु भयो ।