बिर्तामोड । देव बाँस्कोटा ,झापाको बिर्तामोड १ मा सञ्चालित मनकामना सेकेन्डरी स्कुलले २५ औँ रजत जयन्ती विविध कार्यक्रम गरि मनाएको छ ।
झापामा अब्बल शिक्षा दिने विद्यालयहरु मध्ये एक मनकामना माध्यमिक विद्यालयले अभिभावक तथा विद्यालयका उत्कृष्ट शिक्षकलाई सम्मान गर्दै बार्षिकोत्सव मनाएको हो ।
कक्षा नर्सरी देखी १० सम्मका विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रमका माध्यमबाट जातीगत भेषभुषा, राष्ट्रियता भल्कने विभिन्न नृत्य, नाटक र गायन प्रस्तुत गरेका थिए ।
कार्यक्रमका बिच बर्ष उत्कृष्ट शिक्षक सम्मानबाट शिक्षिका बन्दना अधिकारीलाई सम्मान गरिएको थियो ।
मनकामना कलेजका शैक्षिक कोअडिनेटर कुमार थपलियाले सम्मान पत्र वाचन गर्नुभएको थियो ।उहाँलाई कौटिल्य फाउन्डेसनका अध्यक्ष कुमार बस्नेत, मनकामना कलेजका शैक्षिक कोअडिनेटर कुमार थपलियाले संयुक्त रुपमा नगद पाँचहजार रुपौँया सहित प्रमाणपत्र र दोसल्लाले सम्मान गर्नुभएको हो ।
त्यस्तै मनकामना कलेजका साहायक क्याम्पस प्रमुख राजेन्द्र प्रसाईले सम्मानित अभिभावकको सम्मानपत्र वाचन गर्नुभएको थियो । यस बर्षको उत्कृष्ट अभिभाबवकका रुपमा गोदराज भण्डारी, अम्बिका अधिकारी, राजकुमार आङदम्वे र लक्ष्मीमाया लिम्बु, (इधिङ्गो) लाई सम्मान गरिएको स्कुलका प्रिन्सिपल केशव ढुङ्गानाले जानकारी दिनुभयो ।
बार्षिकोत्सवका अवसरमा कौटिल्य फाउन्डेसनले दुई दिन विविध कार्यक्रमको आयोजना गरेको ढुङ्गानाले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी तथा प्याप्सन झापाका अध्यक्ष गौरीमान फागोले ,६ खरब भन्दा बढी लगानी निजी विद्यालयमा रहेको जनाउँदै, निजी विद्यालयलाई, अभिभावकहरुले बचाएको बताउनुभयो ।उहाँले निजी विद्यालय देशको आवश्यकता भएको बताउँदै, गुठीमा लैजाने सरकारको निती बिरुद्ध आम अभिभावक, शिक्षक र शिक्षासँग सरोकार राख्ने जनसमुदायलाई एक भएर लड्न आग्रह गर्नुभयो ।
उज्यालो मनकामना बालक्लवको तर्फबाट प्रस्तुत गरिएको नाटकले उपस्थित अभिभावकहरुको आँखा रसाएको थियो ।
३४ भन्दा बढी विभिन्न प्रस्तुतीहरु समावेश गरिएको कार्यक्रमा शिक्षकहरुको तर्फबाट राष्ट्रिय भावनाले भरिएको मार्मिक नृत्य प्रस्तुत गरिएको थियो ।
कौटिल्य फाउण्डेशनका अध्यक्ष कुमार वस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत शिक्षक ओम कडरियाले गर्नुभएको थियो ।
कार्यक्रममा प्याब्सन बिर्तामोड नगर अध्यक्ष उत्तम खनाल, हिसान सचिव देवेन्द्र हुमागाई, बालबालिका शिक्षा तथा सञ्चार मञ्च झापाका अध्यक्ष सरोज पौडेल, मनकामना क्याम्पसका क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई, शैक्षिक कोअडिनेटर कुमार थपलिया, सहायक क्याम्पस प्रमुख युवराज खतिवडा, राजेन्द्र प्रसाई लगायत बिद्यालयका सञ्चालकहरुको आतिथ्य रहेको थियो ।
कार्यक्रममा अभिभावकको बाक्लो उपस्थिति रहेको थियो ।
बिद्यालयमा कक्षा नर्सरीदेखि १० सम्म सात सय बिद्यार्थी अध्ययनरत रहेको बिद्यालयका प्रिन्सिपल केशव ढुङ्गानाले बताउनु भयो ।
विद्यालयमा ५० जना शिक्षक र कर्मचारी कार्यरत रहेको ढुङ्गानाले बताउनुभयो ।
विगत २५ बर्षदेखी झापामा शिक्षा प्रदान गर्दै आएको कौटिल्य फाउण्डेसनको सञ्चालनमा विद्यालय र क्याम्पसबाट प्रतिभाशााली विद्याथी उत्पादन भएका छन् ।
मनकामना विद्यालय २५ बर्षमा प्रवेश गरेको उपलक्षमा फाउण्डेसनका अध्यक्ष बस्नेतले अभिभावकको माया र सद्भावले मनकामना कलेज विद्यार्थीको प्रिय रोजाई बन्न सफल भएको बताउनुभयो ।
कार्यक्रमका विच उत्कृष्ट विद्यार्थी लिडरहरुलाई सम्मान समेत गरिएको थियो ।
जसमा विभिन्न हाउसबाट प्रतिनिधित्व गर्ने संयोग क्षेष्ठ, केवल मगर, रोजिना घिमिरे, निलेन्ट मगर, मौसम राजवंशी गरिमा थपलिया, प्रशान्त क्षेष्ठ र नेहा गिरी रहेका छन् ।
कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक सुजन कठेतले गर्नु भएको थियो ।














