बिर्तामोड । भरत भाबुक प्रसाई,  झापा नाटक घरमा गत माघ १० गतेबाट मञ्चन सुरु भएको नाटक रिफण्डलाई २२ गते सम्ममा १३ हजार बढि दर्शकले हेरि सकेको नाट्य प्रतिष्ठान झापाका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घरका अभियन्ता तथा परिकल्पनाकार रंगकर्मी माधब कल्पितले जानकारी दिएका छन् ।
423062612_361474110171400_8850970025891025347_n
निर्माणाधीन झापा नाटक घरको पुर्णताका लागि पहिलोपटक झापा नाटक घरमा मञ्चन गरिएको नाटक कक्षा (११ को अनिवार्य अंग्रेजी पाठ्यक्रममा रहेको नाटक घरका मेनेजिङ्ग डाइरेक्टर राजकुमार भट्टराईले जानकारी दिनु भएको छ ।

माघ २२ गते सम्मका लागि भनेर मञ्चन सुरु गरिएको नाटक रिफण्डका लागि अझै सो हरु बुकिङ हुन थालेपछि अहिले तीन दिनका लागि नाटक लम्मीन पुगेको नाटक मञ्चन ब्यबस्थापन समितिका संयोजक ताराप्रकाश भट्टराई बताउँछन् ।

बिद्यार्थीको पाठ्यक्रममा आधारीत भएको ले अहिले बिर्तामोड ,अर्नुनधारा , कनकाइ ,डाँगीवारि र शिवसताक्षी सम्मका बिद्यालयले आफ्ना बिद्यार्थी सहित झापा नाटक घरमा उपस्थित भएर दिनको चार सो सम्म नाटक मञ्चन भइरहेको क्षितिज साहित्य प्रतिष्ठानका अध्यक्ष तुलसी प्रसाद भट्टराईले जानकारी दिए ।

हंगेरीका प्रसिद्ध लेखक फ्रिज क्यारेन्थि द्बारा लिखित नाटक रिफण्डलाइ अनिस लुइँटेलले नेपाली अनुबाद गरेका छन् भने नाम्लो नाट्य समूह मोरङ्गका संयोजक सुदिप जंग कार्कीले निर्देशन गरेका छन्न ।
423036230_397633232753997_6487969952541055181_n
नाटकमा बिबेक मिश्र, सुरज माझी प्रज्वल भट्टराई , बोन्बो सन्तोष दीक्षा चौधरी ,सञ्जय मुडियारी, प्रदिप दहाल, को जिवन्त अभिनय रहेको छ भने लाइट,म्युजिक सुशील कार्की को रहेको छ ।
ब्यवहारिक र सीप मुलक शिक्षा आजको आबश्यकता भन्ने बिषय बस्तुमा केन्द्रीकृत नाटक ले हजारौं दर्शकको मन्जित्न सफल भएको कुरा कल्पित बताउँछन् ।