काठमाडौ । नेपाल पत्रकार महासंघको पुस्तक लोकार्पण समारोहमा भाँडभैलो भएको छ ।

आदिवासी जनजाति पत्रकार संघ फोनिजले विरोध जनाएपछि महासंघको प्रतिष्ठान शाखाले निकालेको पुस्तक ‘अग्र अनुहार कथा अग्रजको गाथा’ लोकार्पण समारोहमा तनाव उत्पन्न भएको हो ।

आइतबार पुस्तक लोकार्पण समारोहमा फोनिजका पदाधिकारीले महासंघका संस्थापक सत्यनारायण बहादुर श्रेष्ठ हुनुपर्ने माग राख्दै विरोध जनाएका थिए ।


फोनिजको विरोध माझ पुस्तक लोकार्पण समारोहमा केहीबेर तनाव उत्पन्न भएको थियो ।