हल्दीबारी । भरत भाबुक प्रसाई , झापा जिल्लाका आधारभुत विद्यालयहरु मध्ये उत्कृष्ट  विद्यार्थी संख्या बनाउन सफल गरमकाली आधारभुत विद्यालयले एक कार्यक्रमका बिच श्रीलाल अक्षय कोषका दाता भट्टराई परिवारलाई सम्मान गरेको छ । 

हल्दीबारी १ गोल्धापमा अवस्थित विद्यालयलका संस्थापक समेत रहनु भएको स्वर्गिय पिता श्री लाल र माता जानुका भट्टराईको स्मृतीमा नगद ५ लाख रुपैयाको श्रीलाल अक्षय कोषको स्थापनादाता मेघनाथ भट्टराई सहित उहाँको परिवारलाई सम्मान गरिएको हो ।

हल्दीवारी गाँउपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङदेनले कोषकादाताको तर्फबाट मेघनाथ र सावित्रा भट्टराईलाई खादा, प्रमाणपत्रले सम्मान गर्नु भएको थियो ।

प्रमुख अतिथी लिङदेनले स्थानीय सरकार र नागरिक समुदाय मिलेर बिकास र शुसासनको काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले धरै मानिसहरु सम्पति भएता पनि सामाजिक कार्यमा लगानी गर्न इच्छुक नहुने प्रसंङग उठाउदै सबैको प्रयासले मात्रै बिकास सम्भव हुने बताउनु भयो । 

 अध्यक्ष लिङदेनले राष्ट्रपति शैक्षिक सुधार योजना अन्र्तगत विद्यालयको भौतिक पुर्वाधार विकास कार्यक्रम सफल बनाउन चारकोठे  भवन निर्माण कार्यमा  स्थानिय सरकार जुटेको बताउनु भयो ।

२०७९/ २०८० मा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकाट झापा जिल्लाका आधारभुत उत्कृष्ट विद्यालय छनोट भई ९ लाख ७५ हजार  प्रोत्साहन अनुदान प्राप्त गर्न विद्यालयल सफल भएको विद्यालयका प्रधानाध्यापक रामप्रसाद पराजुलीले बताउनु भयो ।

शुभकामना मन्तव्य राख्दै समाजसेवी भुपाल बस्नेतले भट्टराई परिवाले हल्दीवारी को शैक्षिक उन्नयनमा  महत्वपूर्ण योगदान पु¥याउनु भएको बताउनु भयो । 

कार्यक्रमा हल्दीबारी गाउँपालिकाका प्रशासन शाखा प्रमुख बाबु राम ढकाल,कार्यपालिका सदस्य प्रकाश कार्की,विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष अग्नीप्रसाद ढकाल लगायतको उपस्थिती रहको थियो ।

कार्यक्रमा अक्षय कोषकादाता भट्टराई दम्पतीले सरस्वती पूजाको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गर्नु भएको थियो ।