बिर्तामोड  ।  भरत प्रसाई,  झापाको बिर्तामोडमा लामो समयदेखी सञ्चालनमा रहेको ‘द नेक्सट’ एकुजेशन कन्सलट्यान्सीले विज्ञ परामर्शकर्मीका बिच शैक्षिक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । 

पछिल्लो समयमा शिक्षाका लागि विदेशप्रति मोह बढ्दै गइरहेको परिपेक्षमा नेपालभरी १४ वटा शाखा विस्तार गर्न सफल भएकाे छ । कन्सलट्यान्सीले विद्यार्थीको रुची अनुरुपको शैक्षिक परामर्श प्रदान गर्दै आएको छ ।

२००५ सालमा स्थापना भई झापा लगायत मुलुकका विभिन्न स्थानमा आफ्नो सेवा विस्तार गरेको कन्सलट्यान्सीले सयाैँ विद्यार्थीलाई युरोपका ६ वटा देशहरुमा पठाईसकेको छ । 

झापाको बिर्तामोड स्थित इन्द्रेणी ब्याङक्वेटको सभाहलमा आयोजित परामर्श कार्यक्रममा झापा भारिका ३ सय बढी विद्यार्थी र अभिभावकहरुको उपस्थित रहेको थियो । 

‘द नेक्सट’ एकुजेशन कन्सलट्यान्सीका कार्यकारी प्रमुख शालिकराम भण्डारीको प्रमुख आथ्यितामा सम्पन्न कार्यक्रममा बिर्तामोड शाखा प्रमुख खड्ग ताम्लिङ्ग लगायत विभिन्न शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

कन्सलट्यान्सीले अष्ट्रलिया, क्यानडा, अमेरिका, युके, न्यूजरल्याण्ड, आयरल्याण्ड जस्ता देशमा अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श दिेन गरेको कन्सलट्यान्सीका कार्यकारी प्रमुख भण्डारीले बताउनुभयो ।

द नेक्सट एजुकेशनले अध्ययनका लागि विदेशजाने इच्छुक विद्यर्थीहरुलाई सही परामर्श दिने भण्डारीको भनाइ छ । 

 पछिल्लो समय नबुझीकन साथीभाइको लहि लहि मा विदेश जाने होडवाजीले गर्दा विभिन्न किसिमका ठगीमा धेरै विद्यार्थीहरु  परिरहेका छन  ।

परामर्शमा सिनियर काउन्सिलर विवेक विमली र रोशन पौडेलले सहजीकरण गर्नुभएको थियो ।

 बिर्तामोडमा सञ्चालित कन्सल्टेन्सीमा झापासहित इलाम, पाँचथर र ताप्लेजुङ लगायतका जिल्लाबाट शैक्षिक परामर्शका लागि बिद्यार्थी आउने गरेको बिर्तामोड शाखा प्रमुख ताम्लिङ्ग बताउनुहुन्छ ।

ताम्लिङका अनुसार बिर्तामोड शाखाबाट स्थापना कालदेखि १५ सय बढी विद्यार्थी अध्ययनका लागि विदेश गएका छन् ।

कन्सल्टेसीमा अनुभवी शिक्षकद्वारा शैक्षिक परामर्श गराउँदैै आएको प्रमुख ताम्लिङ्ग बताउनुहुन्छ ।