बिर्तामोडमा रहेका वाणिज्य बैंकहरुले आसन्न झापा गोेल्ड कपलाई सबैको साझा सरोकारको विषय बनाउनुपर्नेमा जोड दिएका छन् ।

छैटौँ संस्करणको प्रतियोगिताको तयारीको सिलसिलामा आयोजित छलफल कार्यक्रममा सहभागी बैंकका शाखा प्रबन्धहरुले बैंकिङ क्षेत्रको पनि सहभागिता रहने प्रतिबद्धता समेत जनाएका छन् ।

अघिल्ला संस्करणभन्दा यो प्रतियोगितालाई थप रचनात्मक र आकर्षण बनाउन उनीहरुले सुझाव समेत दिए ।

छलफलमा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले सामाजिक उत्तरदायित्व निर्वाह गर्न बैंकका शाखा प्रमुखहरुलाई आग्रह गरेका थिए ।

 जनहितमा जारी


महासचिव गजेन्द्रबहादुर पौडेलको स्वागत मन्तव्य रहेको छलफलमा सिद्धार्थ बैंकका प्रबन्धक सुवास श्रेष्ठ, नबिल बैंकका गुरुराज रेग्मी, प्राइम कमर्सियल बैंकका सञ्जीव खनाल, गुडविल फाइनान्सका सुमन पौडेल, नेपाल एसबिआइ बैंकका असिम इङनाम र एक्सेल डेभलपमेन्ट बैंकका गजेन्द्र ढकालको उपस्थिति रहेको थियो ।

त्यस्तै, गोल्ड कपका तर्फबाट सदस्य किरण श्रेष्ठ, सदस्य सचिन सुब्बा, सचिवालय सदस्य केशव भट्टराईको उपस्थिति रहेको थियो ।