चारपाने । झापा गोल्डकपको छैटौं संस्करणका लागि प्रमुख प्रायोजकसँग सम्झौता भएको छ । झापाको बिर्तामोड–२ स्थित चारपानेको सहारा नेपाल साकोसको कन्फ्रेन्स हलमा शुक्रवार (आज) पत्रकार सम्मेलन गरेर मुख्य प्रायोजक संस्था र झापा गोल्डकपबिच सम्झौतामा हस्ताक्षर तथा आदान–प्रदान भएको हो ।
झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेत र यती ब्रुअरीका कोशी प्रादेशिक मेनेजर बिदुर तिम्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षरपछि उक्त सम्झौतापत्र आदान–प्रदान गरिएको थियो ।
स्वागत गोल्डकपका महासचिव गजेन्द्रबहादुर पौडेलले गरेको कार्यक्रममा यति ब्रुअरीका सेल्स मेनेजर सरोज खतिवडा, भद्रपुर गोल्डकपका अध्यक्ष दिपेश ढकाल, महासचिव तथा भद्रपुर नगरका निवर्तमान मेयर जीवनकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।














