झापाको काँकरभिट्टास्थित होटल हिकोला हेरिेटेजको सञ्चालन सम्बन्धि विवादमा अदालतले दिएको आदेशको  अवज्ञा भएको भन्दै होटल सञ्चालक देवीभक्त श्रेष्ठले  आपत्ती जनाउनु भएको छ ।

उच्च अदालत बिराटनगरले फागुन ६ गते घरधनी विष्णुमाया श्रेष्ठ दाहालको नाममा अल्पकालिन अन्तरिम आदेश जारी गर्दै देविभक्त श्रेष्ठलाई होटल सञ्चालन गर्न दिने निर्णय गरेको थियो । तर , घरधनी विष्णुमाया श्रेष्ठ दाहालले अदालतको आदेशको अवज्ञ गर्दै उक्त होटल नियन्त्रणमा लिएको पिडित श्रेष्ठको भनाइ छ ।

  मेचीनगर नगरपालिकाको न्यायिक समिति र मेचि उद्येग वाणिज्य संघको पहलले समाधान दिन नसकेपछि होटल सञ्चालक देविभक्त श्रेष्ठ न्याय माग्दै उच्च अदालत जानु भएको थियो ।

घरधनी र होटल सञ्चालकबीच घरभाडा सम्झौता कार्यन्वयनका विषयमा लामो समयदेखि विवाद भइरहेको छ । विवाद साम्य पार्न नगरपालिकाले मेचि उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाई , डिल्लीराम घिमिरे , सुरेन्द्र बुढाथोकि, माधव अर्याल, न्यायिक समितिका सदस्य कुन्दन निरौलासहिलको मध्उस्थता समिति गठन गरेको थियो ।

सो समितिले प्रतिवेदन नबुझाउँदासम्मका लागि होटल बन्द गरेर ताला लगाँउदै आएको थियो । समितिले प्रतिवेदनसहित होटलको चाबि नगरपालिकामा बुझाएको र नगरपालिकाले होटल चलाउँदै गर्नु भनी घरधनीलाई चावी बुझाएको मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईले बताउनु भयो ।

नगरपालिकाले छलफलमा बोलाउँदा होटल व्यवशायी देविभक्त श्रेष्ठ उपस्थीत नभएकाले न्यायिक समितिले होटल चलाउँदै गर्नु भनेर चाबी दिए पछि होटल सञ्चालनमा ल्याएको घरधनीका श्रीमान जितेन्द्र बहादुर दाहालले बताउनु भयो । 

यता, होटल व्यवसायी देवीभक्त श्रेष्ठले अदालको आदेश अवज्ञ भएको जनाउँदै त्यसविरुद्ध उपचारमा जाने बताउनु भएको छ । अदालतले अन्तरिम आदेश आएपछि होटल सञ्चालनको वातावरण बनाइपाउँ भनी आफूले जिल्ला प्रशासन कार्यलय गएको  र त्यहाँबाट  जिल्ला प्रहरी कार्यालय हुदै इलाका प्रहरी कार्यलय काकरभिट्टासम्म चिठ्ठी पुग्दा समेत अदालतको आदेश कार्यान्वयनको कुनै पहल नभएको उहाँले बताउनुभयो ।

   प्रेस विज्ञप्तिको पूर्णपाठ तल समावेश गरिएको छ । 

429639804_752937730124114_5800803055398441308_n423105869_245098372002795_2121274678236550105_n