काठमाडौं । यो वर्षको हिउँद अवधि सकिन करिब पाँच दिन बाँकी छ । मौसमविद्का अनुसार हिउँदमा वर्षाको सम्भावना पनि बाँकी नै छ ।

जल तथा मौसम विज्ञान विभागले गएको मंसिर १५ देखि यही फागुन १७ गतेसम्म तीन महिनाको समयलाई हिउँद अवधि भनेको थियो । त्यति बेला विभागले यो अवधिमा हुने हावापानीको आकलन गरेको थियो । तर, अनुमानानुसार वर्षा नभएको मौसमविद् स्वयंले बताइरहेका छन् ।

यो हिउँदमा अझै वर्षा भने हुन सक्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्याल बताउँछन् ।

अवधि अझै बाँकी रहेकाले हिउँदे वर्षाको सम्भावना टरेको भन्न नमिल्नेमा उनी जोड दिन्छन् ।