हल्दीवारी। झापाको हल्दीबारी गाउँपालिकाले पालिका क्षेत्रभरीका स्थानीयको स्वास्थ्यलाई ख्याल गर्दै सवैको पहुँजमा स्वास्थ्य सेवा पुर्याएको छ ।

झापाका १५ वटा स्थानीयतह मध्ये हल्दीबारी गाउँपालिका स्वास्थ्य सम्बन्धी कार्यक्रमको मूल्याङ्कनमा प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

झापाका पालिकाहरुबाट आर्थिक बर्ष २०७९/०८० न्यूनतम सेवा मापदण्डको प्रगति मूल्याङ्कन गर्दा हल्दीबारी गाउँपालिकाले प्रथम स्थान हासिल गर्न सफल भएको पालिकाले जनाएको हो । 

सवै वडाहरुमा ब्यवस्थित भवनका साथै दक्ष जनशक्तिसहित आवश्यक औषधी तथा उपकरणको ब्यवस्था, ४ वटा वडाका स्वास्थ्य संस्थाबाट न्युनतम मूल्यमा ल्याव सेवा साथै गर्भवती, जेष्ठ नागरिक, बिपन्न परिवारलाई निःशुल्क ल्याव सेवा उपलब्ध गराएको, आधारभूत अस्पतालमार्फत स्वास्थ्य बिमाको सुबिधा, आवश्यकताको आधारमा स्वास्थ्यका निःशुल्क शिविरहरु सञ्चालन गरेको गर्दै आएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रबहादुर बन (महेन्द्र)ले जानकारी दिए ।