चारपाने । भरत भाबुक प्रसाई,  झापा जिल्ला स्वास्थ्य कार्यलयले दादुरा रोग र्निमुल गर्ने उदेश्यले सप्ताह व्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ । 

 २०२६ सम्ममा मुलुकबाट दादुरा रोग पूर्णरुपमा र्निमुल गर्ने उदेश्यका साथ सञ्चालित अभियानमा झापाबाट ३ लाख १४ हजार ४ सय १२ जना  सम्भावित बालबालिकाहरुलाई खोप प्रदान दिइने झापा जिल्ला जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिनु भयो ।

अभियानलाई उपलब्धीमुलक बनाउन झापा जिल्ला स्वास्थ्य कार्यलयले जिल्ला भरिका सञ्चारकर्मीहरुसंग अभिमुखीकरण कार्यक्रम  सम्पन्न गरेको  हाे।

झापाको चारपाने स्थित पर्शुराम पार्टी प्यालेसमा  अयोजित अभिमुखिकरण कार्यक्रममा झापा जिल्ला स्वास्थ्य कार्यलयका निमिक्त कार्यलय प्रमुख रमेश बाराकोटीले खोप अभियानको औचित्यमाथी प्रकाश पार्दै    १ जना सङक्रमितबाट १६ जनालाई सम्म सर्न सक्ने भएकाले बेलैमा आफ्ना बालबालिकाहरुलाई दादुरा रुवेल खोप लगाउन आग्रह गर्नु भयो ।

उहाँले  प्रति १ लाख जनामा २ जनामा दादुरा देखिएको बताउनु भयो । खोप अभियान फागुन १७ गते देखि चैत ४ गते सम्म  झापा जिल्लामा सञ्चालन गरिएको उहाँले बताउनु भयो ।

झापा जिल्ला भरी  १७ सय १७ जना स्वयमसेवक र ३ सय  ६९ स्वास्थ्यकर्मी परिचालन गरिएको झापा जिल्ला जनस्वास्थ्य अधिकृत पाठकले बताउनु भयो ।

तराईका २१ जिल्लामा ९ महिना देखी १५ बर्षका बालबालिकाहरुलाई खोप लागाइदै छ ।

फागुन १७ गते देखि सञ्चालित खोप अभियानमा अन्य खोपहरु डि.पी.टी, हेपटाइटी विरुद्वको खोप निशुल्क प्रदान गर्न लागिएको जनस्वास्थ्य अधिकृत पाठकले बताउनु भयो ।

अभिमुखीकरण कार्यक्रमा बोल्दै पत्रकार महाँसंघका भापा शाखाका अध्यक्ष एकराज गिरीले झापा गाँउपालिका वडा नम्वर ७ मा एकै पटक ६ जनामा दादुरा देखिनु  झापाको लागि सुखद समाचार नरहेको बताउदै  सबैको सहयोगले  मात्रै दादुरा रोगलाई निर्मुल गर्न सकिने बताउनु भयो ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनकी नेपाल प्रतिनिधी डाक्टर संगिता शाहले  ज्वरो आएको बेलामा, दिर्धरोग, क्यान्सर र एआइभी सङक्रमित बालबालिकाहरुलाई दादुरा रुवेला खोप लगाउनु नहुने बताउनु भयो ।

कार्यक्रममा ४ वर्षे खोप अभियानको सुधारात्मक ग्राफ प्रस्तुत गर्दै जनस्वास्थ्य  अधिकृत पाठकले  झापा जिल्ला भरी ९ सय ४७ वटा खोपकेन्द्रबाट खोप अभियान सञ्चालन  गरिने बताउनु भयो  ।