गीतकार टीका भट्टराई नेपालको पाचौँ कृति मूर्च्छना गीत सङग्रहको विमोचन  गरिएको छ। 

कनकाई नगरपालिका वार्ड नं  ३ ,सुरुङ्गा निवासी नेपालले ताप्लेजुङ जिल्लामा पर्ने पवित्र तीर्थस्थल पाथीभरा देवीको मन्दिर परिसरमा उक्त कृतिको लोकार्पण गरिएको  हो। कार्यक्रम नारायण गोपाल स्मृति प्रतिष्ठान विर्तामोडको आयोजना रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी साहित्यकार टंक भट्टराईले ताप्लेजुङको मन्दिर परिसरमा यस अघि कुनै सष्टाको कृति यसरी विमोचन गरिएको  नगरिएको बताउनु भयो । 

उहाँले कृति विमोचनको इतिहासमा ऐतिहासिक बनेको बताउदै माताका पाउमा नयाँ सृजर्नाले जन्म लिनु आफैमा सुखद अनुभुती  भएको बताउनु भयो । 

प्रमुख अतिथि भट्टराई  र कार्यक्रमका विशेष अतिथि प्राज्ञ मुनाराज शेर्माले कृतिको लोकार्पण संयुक्त रुपमा गरेका  गर्नु भएको थियो ।

कार्यक्रममा मूर्च्छना कृतिको समीक्षा गजलकार तथा गीतकार दिलिप घिमिरेले  गर्नु भएको थियो ।

मूच्र्छना गीत संग्रहमा १ सय २० वटा गीतहरू संग्रहित छन् । नारायण गोपाल स्मृति प्रतिष्ठानका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव रुद्रप्रसादप्रसाद सिटौलाले गर्नु भएको थियो ।

कार्यक्रममा पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्गवाङ्ग,कञ्चनजंघा साहित्यिक प्रतिष्ठानका कमल भट्टराईले शुभकामना मन्तव्य राख्नु भएको थियो