त्रिकोणात्मक टी-२० आई क्रिकेट श्रृंखलाको फाइनल प्रवेशका लागि आइतबार नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ। बिहान साढे ११ बजेबाट त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा खेल सुरु हुनेछ।

आजको खेल जित्ने टोली फाइनलमा नेपालसँग प्रतिस्पर्धा गर्नेछ। नेदरल्याण्ड ३ खेलमा एकमा हार र दुईमा जित सहित चार अंकका साथ पहिलो स्थानमा छ भने नामिबिया समान ३ खेलमा १ मा जित र दुईमा हारसहित २ अंकका साथ समूहमा तेस्रो तथा अन्तिम स्थानमा छ।