काठमाडौँ, २२ फागुन । आज सेयर बजार नेप्से परिसूचक आज ७० अंकले घटेको छ । ७०.३१ अंक घटेपछि नेप्से २००७ अंकमा कायम भएको छ ।

कुल ४ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भयो । ३३ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने २ को स्थिर रह्यो । म्युचुअल फण्डबाहेक सबै क्षेत्रका सूचकहरु घटेका छन् ।

तीन समूहहरु हाइड्रोपावर, उत्पादन र अन्य समूह ४ प्रतिशतभन्दा धेरै घटे । बैंकिङ ३, विकास बैंक ३.६, फाइनान्स २.७, होटल तथा पर्यटन ३.७, हाइड्रोपावर ४.३, लगानी ३.४, जीवन बीमा ३.४, उत्पादन ४.२, माइक्रोफाइनान्स १.२, निर्जीवन बीमा २.६, अन्य ४.३ र ब्यापार समूह २.१ प्रतिशत घटे ।

गुराँस लघुवित्तको मूल्य ८.७, महिला लघुवित्तको ४.१, मोलुङ हाइड्रोपावरको ३.४ प्रतिशत मूल्य बढ्यो । बोटलर्स नेपाल बालाजु र जोशी हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । त्यस्तै बोटलर्स नेपाल तराईको मूल्य ९.४, प्रभु इन्स्योरेन्सको ८.६, बीपीडब्लू लघुवित्तको ८.३ प्रतिशत मूल्य घट्यो ।