शिवसताक्षी ।  भरत भाबुक प्रसाई, अन्तराष्ट्रिय नारी दिवसको अवसरमा  संयुक्त महिला नेपालले मनोक्रान्ति नेपालकी अभियन्ता धार्मिक कथाबाचक तथा सञ्चारकर्मी  वृन्दादेवी वराललाई  ११ हजार १ सय ११ रुपैयाले सम्मान गरेको छ । 

शिवसताक्षी १० माइधारमा अवस्थित  सरस्वती कन्या गुरुकुलकी  प्राचार्य  बराल २ पटक भु– तपस्या, १ पटक जलतपस्या , २१ दिने जल उपवास, ६ महिना सम्म कुण्डलेनी साधना, मौन ब्रत बस्दै धर्म जागरणमा लाग्नु भएको भन्दै संयुक्त महिला नेपालले उहाँ लाई सम्मान गरेको संस्थाकी केन्द्रिय अध्यक्ष शीखा खड्का गणेशले बताउनु भयो ।

423568570_1639182626892432_4256034191848745559_nमहिला शिक्षित भए परिवार हुदै समाज नै शिक्षित हुने भएकाले समाज परिर्वनमा महिलाको  सहभागिता आवश्यक रहेको उहाँले बताउनु भयो ।

विगत  लामो समयदेखी महिला हिंसा र नारी शक्तिकरणमा विभिन्न माध्यमबाट जोडिनु भएकी खड्काले  महिलाहरुको सशक्तिकरणमा पुरुषहरुको भुमिका पनि अत्यन्तै आवश्यक रहेको बताउनु भयो ।

423599959_241405682382351_8971885702286704753_n महिलाहरुलाई धार्मिक जेतनाको माध्यमबाट दिक्षित गराउदै  सामाजिक क्षेत्रमा अतुलनिय योगदान पु¥याउने  दिब्य पथ महिला सरोकार समाजकी संस्थापक  अध्यक्ष समेत रहनुभएकी धार्मिक व्यक्तित्व वराललाई  सम्मान गर्न पाउदा संस्था गौरवान्वित भएको संस्थाकी बाह्रदशी शाखा संयोजक अरुणा राजवशीले बताउनु भयो । 

423542007_1544778612974104_8042896600114280499_n

२०८० सालमा स्थापना भएको संस्थाले बालबालिका , महिला र आवाजविहीनहरुको आवाज बन्दै आएको छ ।

बिर्तामाड २ बाट शुरु भएको अभियानले पूर्व मेचीलाई महाकालीसंग जोड्न सफल हुनेमा  विश्वस्त रहेको समुहकी  अध्यक्ष खड्का  बताउनु  भयो  ।

संस्थाकी  हल्दीवारी शाखा संयोजक शान्ता शिवाकोटीले स्वागत गरेको लाई केन्द्रिय सचिव  अनिता रेग्मीले सञ्चालन गर्नु  भएको थियो ।