भद्रपुर   भद्रपुर नगरपालिकाले आज झापाका अग्रज पत्रकारहरुलाई सम्मान गरेको छ ।  सम्मानित हुनेहरुमा नकुल काजी र गोविन्दचन्द छेत्रीलाई दीर्घ सेवा पत्रकारिता सम्मान, लेखनाथ परदेशी शिवाकोटी  र दीपक अधिकारीलाई विकास पत्रकारिता सम्मान तथा रेवती घिमिरे र ईशा प्रधानलाई उदयीमान पत्रकारिता सम्मान नगदसहित प्रदान गरेको हो ।

सम्मानित सबैमा हार्दिक  बधाई तथा शुभकामना । पत्रकारितामार्फत समाज विकासमा पत्रकारले पर्याएको योगदानको कदरस्वरुप  सम्मान गर्ने भद्रपुर नगरपालिकालाई र आवश्यक समन्वय गर्ने प्रेस क्लव भद्रपुरलाई धेरै धेरै धन्यवाद ।