बिर्तामोड । अर्जुन उप्रेती,  बिर्तामोड –१ मा रहेको इष्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्ट(EECOHM) का बिद्यार्थी हरुलाइ नेपाल राष्ट्र बैंकको Global Money Week को अवसर पारेर वित्तीय साक्षरता प्रदान गरेको छ ।

बैंकिङ सेवा सुविधा,बचत गर्नुको महत्त्व, डिजिटल बैंकिङ, बैंकिङ फ्रड र त्यसको सावधानी का उपायहरु, शेयर बजार लगाएतको बारेमा इष्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्टमा कक्षा ११ र १२ मा अध्ययनरत् ८० जना भन्दा बढी विद्यार्थीलाई नेपाल इन्भेष्टमेण्ट मेगा बैंक बिर्तामोडका शाखा प्रवन्धक दिनेश पनेरुले वित्तीय साक्षरता प्रदान गर्नुभएको बिर्तामोड शाखाका रिलेसनसीप म्यानेजर प्रमोद ढकालले जानकारी गराए।

इष्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्टका आलोक कार्की, निर्मल निरौला लगायतले विद्यार्थीलाई वित्तीय साक्षरता गराइ दिएकोमा बैंकलाई धन्यवाद दिए । 

कार्यक्रममा सहभागी विद्यार्थीहरुले वित्तीय साक्षरता प्राप्त गरेर बैंकिङ सेवा सुविधाबारे बुझ्ने मौका पाएको बताए । 

432389071_3358731694424412_9030625620923210834_nबचत तथा कर्जा योजना, बैंकको नेटवर्क, वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरण लगायतका विषयमा यसअघि पनि विभिन्न जिल्लामा विद्यार्थी, व्यवसायी, लगायतलाई वित्ती य साक्षरता कार्यक्रम गरिसकेको नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका बिर्तामोड शाखा का अपरेसन बिभागका कर्मचारी सन्तोष रायले बताए ।