बिर्तामोड । पछिल्लो समय लागूऔषध प्रयोगकर्ताको संख्या झापासहित देशभर बढेको भन्दै लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं तथा जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त आयोजनामा लागूऔषध रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमूखिकरण भएको छ । 

बिर्तामोडमा मंगलबार (आज) झापाका स्थानीय तह, संघ संस्थाका प्रमुख, पदाधिकारी तथा प्रनिधि लक्षित गरेर छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बरालको प्रमुख आतिथ्य रहेको थियो । लागूऔषध तथा दुब्र्यसन नियन्त्रण गर्न प्रहरीको मात्र नभएर स्थानीय सरकार, स्थानीय सामाजिक संघसंस्थाको पनि उतिकै दायित्व भएकाले अभिमुखिकरण कार्यक्रम गरिएको हो । 

लागूऔषध दुब्र्यसन रोकथामका उपाय सम्बन्धी जनचेतना मुलक प्रस्तुती प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) गोबिन्द थपलियाले दिएका थिए ।

प्रस्तुतीका क्रममा थपलियाले २०७६ सम्ममा विश्वमा करिव २९ करोड ६० लाख मानिसहरु लागूऔषधाको दुरुपयोग गरिरहेका र लागू औषध सेवनबाट ३ करोड ९५ लाख मानिस स्वास्थ्य समस्या भोगिरहेको तथ्याङ्क सार्वजनिक गरेका थिए ।

सोही अवधिमा नेपालमा पनि एकलाख ३० हजार ४२४ जना लागूऔषध दुब्र्यसनमा फसेका उनले बताएका छन् । तर, हाल नेपालमा लागूऔषध दुब्र्यसनमा बढ्दो क्रममा रहेको एसएसपी थपलियाले बताएका छन् ।