भरत भाबुक प्रसाइ । बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा विश्व क्षयरोग दिवस एक कार्यक्रमका बिच मनाइएको छ । 

बिर्तामोड स्थित दुर्गा मन्दिर परिसरमा आयोजना गरिएको कार्यक्रमलाई बिर्तामोड नगरपालिकाका उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले  ब्यानर पढेर उद्घाट्न गर्नु भएको हो 

। बिर्तामोडको मुक्ति चोकबाट शुरु भएको प्रभातफेरीले नगर परिक्रमा गर्दै क्यु एफएक्स सिने हलअगाडी कोण सभामा परिणत भएको  थियो ।

_MG_0591कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका झापा जिल्ला स्वास्थ्य कार्यलय प्रमुख  रमेश बाराकोटीले आजको दिनलाई क्षयरोगको अवस्था समुदायमा कस्तो छ, र यसबाट कति प्रभावित बनेका छन् यसको अध्ययन समिक्षा गर्ने दिन भएको बताउनु भयो ।

उहाँले झापा भरमा २५ सय भन्दा बढी क्षयरोगका विरामी रहेको बताउनु भयो ।

_MG_0589विगतको तुलनामा क्षयरोगका  बिरामी बड्दै गएको  उहाँको भनाइ छ । झापाका १५ पालिकाहरु मध्ये बिर्तामोड, मेचीनगर र दमक नगरपालिकामा  क्षयरोगीको संख्या बढी रहेको बाराकोटीले बताउनु भयो । 

क्षयरोग स्वास प्रश्वासको माध्यबाट सर्ने भएकाले रोगलाई नलुकाई बेलैमा नियमित दवाईको सेवन गरेमा सजिलै निको हुने बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका क्षयरोग फोकल पर्सन  दिपक सापकोटाले बताउनु भयो । 

IMG_0562 1आर्थिक वर्ष ७८/ ७९ मा  १ सय ४१,   ७९ /८० मा १ सय ३९ जना र ८०/८१ को तथ्याङअनुसार ९१ जना क्षयरोग विरामी रहको फोकल पर्सन  सापकोटाले बताउनु भयो ।

गएको ५ बर्षमा पूर्णरुपमा क्षयरोग  निर्मुलन गर्ने उदेश्यले नगरपालिकाले स्क्रिनिङको काम गर्दै आएको बताउनु भयो । 

हो हामी क्षयरोग अन्त्य गर्छौ भन्ने नाराका साथ  २४ मार्चमा प्रत्येक वर्ष क्षयरोग   विश्व लगायत नेपालमा मनाइदै आइएको छ । 

IMG_0560 टिभी रोग भन्ने वितिकै धरै मानिसले लुकाउने गरेकाले यसको पूर्णनिर्मूल गर्न कठिन भएको बिर्तामोड नगरपालिकाका उप–प्रमुख संग्रौलाले बताउनु भयो । 

कार्यक्रममा बिर्तामोड नगरपालिकाका कर्मचारी लगायत वडाका जनप्रतिनिधी,  मनमोहन मेमोरियल समुदायिक अस्पतालका स्वास्थ्यकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो ।