मोरङ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र केराबारीले बित्तिय साक्षरता तथा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । केराबारी ८ मा रहेका आफना शेयर सदस्यलाई लक्षित गरि आमजुगी आधारभुत बिद्यालयको हलमा एकदिने बित्तिय साक्षरता तथा होली मिलन कार्यक्रम शनिवार सम्पन्न गरेको हो । 

शेयर सदस्य निर्मला कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पदम तामाङको प्रमुख आतिथ्य रहेको थियो ।  कार्यक्रममा सहारा नेपालका अनुगमन अधिकृत महेश तामाङ, बिद्यालयका प्रधानाध्यापक रेवतीप्रसाद मिश्र, जेओए परियोजनाका मोरङका संयोजक मिथुन चौधरी, सहारा नेपालका कृषि प्राबिधिक संजित यादब, सहारा नेपाल हेल्थ प्रोग्रामका चक्र कार्की लगायतको आतिथ्यता रहेको थियो ।