बिर्तामोड । कथाकार जनार्दन कट्टेलकाे कथा सङ्ग्रह पाहुनाकाे बिमाेचन गरिएको छ । झापाको बिर्तामोडमा शनिबार आयाेजित समारोहका बीच साहित्यकार मुनाराज शेर्माले कथा सङ्ग्रह बिमाेचन गरेका हुन् ।

नेपाली लेखक संघ झापाको आयोजनामा कार्यक्रम भएको हाे । संघका अध्यक्ष कुमार भट्टराईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा साहित्यकारहरु लेखनाथ भट्टराई र कर्णबहादुर नेपालीले कथा सङ्ग्रहकाे समीक्षा गरेका छन् ।


बिमाेचन समारोहमा साहित्यकार रश्मिशेखर सुवेदीले स्वागत मन्तव्य राखेका थिए भने संघका सचिव समीरबाबु कट्टेलले कार्यक्रमकाे सञ्चालन गरेका थिए ।