बिर्तामोड । भरत भाबुक प्रसाई, हिकोला हेरिटेजका सञ्चालक होटल ब्यवसायी देबीभक्त श्रेष्ठले अदालतको पटक–पटकको आदेशलाई अपहेलना गरी आफुलाई होटल सञ्चालन गर्नमा लगाएको रोक प्रति आपत्ति जनाउनु भएको छ । 

 श्रेष्ठले बिहीवार मेचीनगरस्थित प्रेस क्लबको कार्यालयमा पत्रकार सम्मेलन गर्दै आफुबाट 

जानेर  कुनै कमी कमजोरी नभएको र भएको भए त्यसको भागीदारसमेत बन्ने बताउँदै कानुनी निकाय अदालतको आदेश घरधनीले नमान्दा आफुमाथि अन्याय भएको बताउनु भयो ।

बैकको करोडौ लगानी फसेको बताउँदै सबैको सहभागितामा सम्झैता गर्दा पनी  विभिन्न आरोप लगाउँदै आफ्नो होटल ब्यवसाय लाई पूर्णरुपमा धरासायी गराउन केही मानिस योजनाबद्वरुपमा  लागेको उहाँको भनाइ छ । 

२०७६ सालमा १५ बर्षका लागि घरधनीसँग सम्झौता गरेर करिब २ करोड रुपैयाँ खर्च गरेर काँकडभिट्टामा हिकोला हेरिटेज होटल बिर्तामोडको शाखा सञ्चालन गरेता पनि  कोभिड पछी केही चलायमान हुने अवस्थामा नभएका झुटा आरोप लगाएर, अदालतको आदेशलाई समेत अवज्ञा भईरहनु बडो दुःखत कुरा रहेकाे सञ्चालकश्रेष्ठले बताउनु भयाे । 

 होटल सञ्चालक श्रेष्ठले सम्मानीय अदालतको आदेश कार्यन्वयन हुनेमा आशाबादी रहेकाे र

 सरोकार निकायसहित सम्बन्धीत सवैमा समन्वयको भुमिका निर्वाह गरिदिन आग्रहसमेत  समेत गर्नु भयो ।

आफ्नो कुरा सुनुवाई नभएपछी आफुले पत्रकार सम्मेल गर्नु बाहेक अर्को विकल्प नरहेको उहाँकाे भनाइ छ । श्रेष्ठका अनुसार बिराटनगर उच्च अदालत इलाम इजलासले पहिलो पटक गत फागुन ६ गते अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।

त्यसपछि फागुन १३ गते अन्तरिम आदेश, तेस्रो पटक चैत ८ गते लिखित जवाफ र चौथो पटक चैत १२ गते अदालतको अपहेलना गरेको भन्दै ७ दिन भित्र घरधनीलाई लिखित जवाफ माग गरेको बताउनु भयो ।

   पत्रकारहरुको प्रशनको जवाफ दिदै श्रेष्ठले आफुले भाडा नतिरेको भन्ने आरोप नाराधार रहेको बताउनु भयो । उहाँले कानुनी राज्यमा आफुले न्ययाय पाउनेमा विश्वस्त रहेको बताउनु भयो ।  

Capture 7गत माघ २५ गते काँकडभिट्टामा श्रेष्ठले सञ्चालन गरेको हिकोला हेरिटेज होटलमा श्रेष्ठका छोरा गौरव श्रेष्ठ  र   स्थानीय केहि युवाहरु बिच  बादबिवाद भएको थियो । सोही बिषय लाई लिएर 

 श्रेष्ठका छोरा गौरवमाथि स्थानीय केही युवाले माघ २८ गते पुनः होटलमा कुटपिट गरेपछि बादबिवाद चरम उत्कर्षमा पुगेको थियो ।

सोही बादबिवादका कारण श्रेष्ठले काँकरभिट्टामा सञ्चालन गर्दै आएको होटल हिकोला हेरिटेज हाल घरधनी बिष्णुमाया श्रेष्ठ दाहाल नामको अगाडी नयाँ लेखेर सञ्चालन गर्दै आएको श्रेष्ठले बताउनु भयो ।

सञ्चालक श्रेष्ठले सम्झौता अनुसार १२ वर्ष अझै होटल सञ्चालन गर्न पाउने दावी गर्नु भयो ।