झापाको बिर्तामोड नगर भित्ररहेका मुस्लिम दाजुभाईकरुको इद  उत्सव  रमाइलो बनोस भन्ने उदेश्यले  मुस्लिम सेवा समाज बिर्तामोड नगर कमिटीले ५८ बिपन्न परिवारलाई खाद्यान्य लता कपडा र विविध परिकार वितरण गरेको छ । 

4f123516-c961-4c9b-8559-dc8d91e589df

मुस्लिम सेवा समितिका अध्यक्ष  धिमरोज महम्मदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिका सचिव  प्रिन्स खानले मुस्लिम समुदायको महान पर्वमा विपन्न परिवारलाई सानो सहयोग गर्न पाँउदा आफु  लगायत मुस्लिम सेवा समाज बिर्तामोड नगर कमिटीलाई आन्नदको अनुभुती भएको बताउनु भयो ।

435785622_2686824594808864_333147640212476940_n
  खाद्यन्य वितरण कार्यक्रममा मुस्लिम सेवा समाज बिर्तामोड नगर कमिटीमा उपाध्यक्ष महम्मद सादिक शेख,शौकात शेख, महासचिव फरिद शेख, सचिव प्रिन्स शेख उर्फ अनवर शेखले संयुक्त रुपमा सामाग्री वितरण गरेका थिए । बिर्तामोड नगरपालिकाका १० वटै वडाका ५८  जना अति विपन्न, गरिब तथा असहाय मुस्लिम परिवारलाई  चामल, खानेतेल, चना, चिनी,  नुन , बेसार, मुरै र सेवई वितरण गरिएको  हाे । 

मुस्लिम समूदायले आफ्नो परम्परागत पोशाक लगाएर शुभेच्छा, मिठा परिकार तथा प्रार्थनाहरु एकापसमा साटासाट गरेर इद मनाउने गर्छन ।